मन्त्रीपरिषद्को निर्णयः रारा कर्णाली पर्यटन वर्ष २०७५ हुने
पूर्णबहादुर खड्का
सुर्खेत । कर्णाली प्रदेशको तेस्रो मन्त्रिपरिषद्को बैठकले रारा कर्णाली पर्यटन वर्ष २०७५ आयोजना गर्ने निर्णय गरेको छ । बैशाख १ गते आयोजना हुने पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने मन्त्रीपरिषदकी प्रवक्ता बिमला केसीले जानकारी दिइन् ।
पर्यटन प्रवर्धनका लागि आयोजना गर्न लागिएको उनले बताईन् । बैठकले पर्यटन वर्षको लागि १५ सदस्यीय मुल आयोजक समिति समेत चयन गरेको छ ।
जसमा प्रदेशको मुख्यमन्त्री सहित अन्य ७ मन्त्री, प्रमुख सचिव १ जना र अन्य मन्त्रालयका सचिव ७ जना गरि १५ सदस्यीय समिति निर्माण गरेको हो ।
त्यस्तै बैठकले पर्यटन वर्षको व्यवस्थापन र सफल पार्नका लागि अन्य सात मन्त्रीको समिति बनाईएको छ । आर्थिक व्यवस्थापन समितिमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, खाद्यय तथा कोशेली व्यवस्थापनमा भूमि व्यवस्था तथा सहकारी मन्त्री विमला केसी, यातायात व्यवस्थापन खड्क बहादुर खत्री लगाएतको जिम्मेवारी बाँडफाड गरिएको छ ।
दश निर्णय स्वीकृत
उक्त बैठकले १० निर्णय स्विकृत समेत गरेको छ । प्रदेश सरकारको केहि सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धी नियावली २०७४को पहिलो संशोधन स्वीकृत गरेको छ । प्रदेशसरकारको कार्यसम्पादन नियमावली २०७४को पहिलो संशोधन पनि स्वीकृत लगाएत अन्य नियमावली स्वीकृत गरेको छ ।
त्यस्तै बैठकले मन्त्रीपरिषद्को समितिहरु समेत तोकेको छ । जसमा राजनैतिक समितिमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला संयोजक, भूमि व्यवस्था तथा सहकारी मन्त्री विमला केसी सदस्य र भौतिक पूर्वाधार विकास मन्त्री खड्ग बहादुर खत्री सदस्य रहेका छन् ।
प्रशासन तथा विधेयक समितिमा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको संयोजक्त्वमा सामाजिक विकास मन्त्री दल रावल सदस्य, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिं बुढा सदस्य रहेका छन् । आर्थिक, सामाजिक तथा पूर्वाधार समति समेत तय गरेको प्रवक्ता केसीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण