आरआरआरका भिलेन रे स्टीवेन्सनको निधन
मुम्बई। प्रख्यात आइरिस अभिनेता रे स्टीवेन्सनको निधन भएको छ । ५८ वर्षे अभिनेताले ‘थोर’ र त्यसको सिक्वेल ‘थोरः द डार्क वल्र्ड’ जस्ता कैयौं मार्बल फिल्ममा अभिनय गरेका थिए । यी फिल्ममा उनले वोल्स्टेगको भूमिका निभाएका थिए ।
स्टीवेन्सन पछिल्लो पटक एसएस राजामौलीको पिरियड एक्सन ब्लकबस्टर फिल्म ‘आरआरआर’मा गभर्नर स्कट बक्सटन नामक भिलेन चरित्रमा देखिएका थिए ।
उनको यो भूमिकालाई भारतीय दर्शकले निकै रुचाएका थिए । स्टीवेन्सनको करियरमा उनले अभिनय गरेको यो एकमात्र भारतीय फिल्म हो ।
उनको वास्तविक नाम जर्ज रेमन्ट स्टीवेन्सन हो । उनको जन्म सने १९६४, मे २५ मा लिस्बनमा भएको थियो । परिवारमा तीन भाईमध्ये उनी दोस्रो भाई हुन् । उनका पिता एक रोयल एयर फोर्स पाइलट थिए ।
उनी ८ वर्षको उमेरमा इंग्ल्याण्ड गए र त्यही ब्रिस्टल ओल्ड विक थिएटरमा स्कुल अभिनय पढे । उनले २९ वर्षको उमेरमा ग्राजुएसन डिग्री लिए । स्टीवेन्सन सन् १९९० को दशकको सुरुवातबाट फिल्म र टेलिभिजनमा जोडिए ।
उनले ‘पनिशरः वार जोन’, ‘द थ्योरी अफ फ्लाइट एण्ड एचबीओ–बीबीसी’को ‘अकेम्ड टेलिभिजन सिरिज’ मा अभिनय गरेका थिए ।
उनी रोममा आफ्नो भूमिकाका लागि लोकप्रिय थिए । यसबाहेक रे ‘डेक्सटर’, ‘द वकिङ डेड’, ‘ब्ल्याक सेल्स’, ‘वाइकिङ्स’लगायतका कैयौं स्टार वार्स एनिमेटेड शोको हिस्सा बने । उनी चाँडै नै डिज्नी प्लस स्टार वार्स सिरिज ‘अहसोका’मा देखिँदैछ । यसको प्रिमियर चाँडै हुँदैछ ।
उनको अन्तिम फिल्म ‘एक्सीडेन्ट मेनः हिटमेन होलिडे’ थियो । उनले हालै १९४२ मा केविन स्पेसीलाई रिप्लेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण