आजदेखि बुटवलमा रोजगार मेला सुरु
बुटवल । बुटवलमा रोजगार मेला सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा आज (मंगलबार)देखि दुई दिने मेला सुरु भएको हो ।
मेलाको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गर्दै नेपाली युवा कामको खोजीमा विदेश जानुपर्ने र नेपाली उद्योगीले बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योग व्यवसायीहरुले दक्ष जनशक्ति नपाइरहेको र पढेलेखेका युवाहरु कामको खोजीमा बाहिरिइरहेको विषयमा दुबै पक्षले सोच्न आवश्यक रहेको बताए । अध्यक्ष कसजूका अनुसार मेलामा २९ वटा उद्योग प्रतिष्ठानको सहभागिता रहेको छ । जसमा ३ सय जनालाई रोजगारीको अवसर दिइने छ।
इन्टरनेशनल लेवर अर्गनाईजेशनका नेशनल प्रोजेक्ट कोर्डिनेटर सौरभराम जोशीले आन्तरिक रोजगारी प्रवर्धन गर्न मेला फलदायी हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
-
सुदूरपश्चिम सरकारमा कांग्रेसले टुङ्ग्यायो मन्त्रीका नाम, आजै शपथ
-
वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
-
६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
-
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण