आजदेखि बुटवलमा रोजगार मेला सुरु

बुटवल । बुटवलमा रोजगार मेला सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा आज (मंगलबार)देखि दुई दिने मेला सुरु भएको हो ।
मेलाको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गर्दै नेपाली युवा कामको खोजीमा विदेश जानुपर्ने र नेपाली उद्योगीले बाहिरबाट कामदार ल्याउनुपर्ने बाध्यता रहेको बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योग व्यवसायीहरुले दक्ष जनशक्ति नपाइरहेको र पढेलेखेका युवाहरु कामको खोजीमा बाहिरिइरहेको विषयमा दुबै पक्षले सोच्न आवश्यक रहेको बताए । अध्यक्ष कसजूका अनुसार मेलामा २९ वटा उद्योग प्रतिष्ठानको सहभागिता रहेको छ । जसमा ३ सय जनालाई रोजगारीको अवसर दिइने छ।
इन्टरनेशनल लेवर अर्गनाईजेशनका नेशनल प्रोजेक्ट कोर्डिनेटर सौरभराम जोशीले आन्तरिक रोजगारी प्रवर्धन गर्न मेला फलदायी हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड
-
भिजिट भिसा प्रकरणलाई लिएर उद्योग समितिमा चर्को विवाद
-
दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागारमा राखियो
-
न्यायाधीशमाथिको दुर्व्यवहार आपत्तिजनक : निजामती कर्मचारी सङ्गठन
-
स्थानीय तहका पदाधिकारीहरूले गरेको वैदेशिक भ्रमणको विवरण माग
-
विपद् व्यवस्थापनका लागि तीन तहको सरकारबिच सहकार्य जरुरी: उपप्रमुख डङ्गोल