नेमकिपाका सांसद गोर्साइको विरोधपछि प्रदेशसभा भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन
काठमाडौँ । नेमकिपाका बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइको विरोध पछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको निर्माणाधीन भवन यसै वर्ष भित्र सम्पन्न गर्न सरकारलाई निर्देशन दिएका छन् ।
सांसद गोर्साइले प्रदेशसभाको बुधवार बसेको बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै प्रदेशसभाको भवन पटक–पटक म्याद थप हुँदा पनि अझै सम्पन्न हुन नसकेको भन्दै रोष्टम नछोड्ने भन्दै विरोध गरेका थिए । उनले प्रदेशसभालाई डिजिटलाइज, संसदीय समिति गठन र पेपर लेस गर्न माग गर्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । उक्त विषयमा प्रतिबद्धता जाहेर नभएसम्म रोष्टम नछोड्ने भन्दै सांसद गोर्साइले विरोध गरेपछि सभामुख पाठकले आफ्नो ध्यानाकर्षण भएको र यसै वर्षभित्र सो कामहरू सम्पन्न गर्न सरकारलाई निर्देशन दिएका हुन् ।
सांसद गोर्साइले प्रदेशसभाको ६ महिना अवधिमा संसदीय समितिलाई पूर्णता दिन नसक्नु लज्जाको विषय भएको बताए । उनले सांसदलाई नै असफलता तर्फ धकेलेको बताए । सरकारले कति आकारको बजेट ल्याउने भन्दा पनि कस्तो प्रकृति र व्यवहारको विषय भएकाले त्यसलाई सुधार गर्न सक्नुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण