नक्कली शरणार्थी प्रकरण
नक्कली शरणार्थी प्रकरणमा अदालतमा बुझाइयो ४३ सबुत प्रमाण
बुधबार, १० जेठ २०८०, १७ : ४५
काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुविरुद्ध जिल्ला अदालत काठमाडौँमा ४३ वटा सवुत प्रमाण बुझाइएको छ । जसमा जाहेरवालाले जाहेरी दरखास्त साथ पेश गरेको पेन ड्राइभमा भएको वारदात मिति र समयको भिडियो तथा फुटेजहरु संलग्न रहेको छ ।
यस्तै वारदात मिति र समयको भिडियो तथा फोटो सिडीमा राखि मिसिलमा संलग्न गरिएको छ । यस्तै प्रतिवादीहरुको खातामा रकम जम्मा भएको भौचरको प्रतिलिपी, प्रहरीको डिजिटल फरेन्सिक ल्याबबाट प्राप्त भएका परीक्षण प्रतिवेदनलगायत सबुत प्रमाणका रुपमा अदालतमा पेश गरिएको छ ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका अभियुक्तहरुविरुद्ध सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै मागदावी लिएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । जसमा ३० जनालाई प्रतिवादी बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण