शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली शरणार्थी प्रकरण

नक्कली शरणार्थी प्रकरणमा अदालतमा बुझाइयो ४३ सबुत प्रमाण

बुधबार, १० जेठ २०८०, १७ : ४५
बुधबार, १० जेठ २०८०

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुविरुद्ध जिल्ला अदालत काठमाडौँमा ४३ वटा सवुत प्रमाण बुझाइएको छ ।  जसमा जाहेरवालाले जाहेरी दरखास्त साथ पेश गरेको पेन ड्राइभमा भएको वारदात मिति र समयको भिडियो तथा फुटेजहरु संलग्न रहेको छ । 

यस्तै वारदात मिति र समयको भिडियो तथा फोटो सिडीमा राखि मिसिलमा संलग्न गरिएको छ । यस्तै प्रतिवादीहरुको खातामा रकम जम्मा भएको भौचरको प्रतिलिपी, प्रहरीको डिजिटल फरेन्सिक ल्याबबाट प्राप्त भएका परीक्षण प्रतिवेदनलगायत सबुत प्रमाणका रुपमा अदालतमा पेश गरिएको छ । 

नक्कली शरणार्थी प्रकरणमा मुछिएका अभियुक्तहरुविरुद्ध सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै मागदावी लिएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । जसमा ३० जनालाई प्रतिवादी बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप