नगरपालिका भवन निर्माणका लागि मेयरद्वारा १ करोडको जग्गा दान
बुधबार, १० जेठ २०८०, १९ : १२
रौतहट । रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले १ करोड मूल्य बराबरको जग्गा दान गरेका छन् ।
मेयर यादवले नगरपालिका भवन निर्माणका लागि १करोड बराबरको ५कठ्ठा जग्गा दिएका हुन् ।
चुनावी प्रतिबद्धताअनुसार मेयर यादवले आफ्नो नाउँमा दर्ता कायम रहेको उक्त जग्गा माधव नारायण नगरपालिकाकाको नाउँमा बुधवार रजिस्ट्रेसन पारित गरेका छन् ।
मेयर यादवको नाउँमा रहेको माधवनारायण–३ को ५ कठ्ठा जग्गा नगरपालिकाको नाउँमा निःशुल्क दर्ता भएको प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले बताए । गत स्थानीय निर्वाचनमा आफू विजयी भएमा माधवनारायण नगरपालिकाको आफ्नै भवन निर्माण गर्ने मेयर यादवले प्रतिबद्धता जनाएका थिए, जुन पुरा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण