टोपबहादुर–बालकृष्ण खाँण मुछिएको मुद्दामा यी ७६ जनासँग गराइयो बयान कागज (सूचीसहित)
काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोप लागेका ३० जनाविरुद्ध मुद्दा दायर गर्नुअघि प्रहरीले ७६ जनासँग बयान कागज गराएको छ । बुधबार जिल्ला अदालत काठमाडौँमा दायर गरिएको मुद्दाको अभियोगपत्रमा विभिन्न ७६ जनासँग बयान कागज गराएको व्यहोरा उल्लेख छ ।
जसमा बहालवाला सहसचिवसहित उपसचिव र सीडीओसमेत छन् । प्रहरीले गृह मन्त्रालयकै कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत सहसचिव फणिन्द्रमणि पोखरेल, गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकसँग समेत बयान कागज गराएको अभियोगपत्रबाट पुष्टि भएको छ ।
‘बुझिएका मानिसहरुले गरेको घटनाविवरण कागज’ भन्दै अभियोगपत्रमा मनबहादुर खत्री, सुस्मा चन्द, डम्बर खत्री, पदम खत्री, सन्दीप वली, लिलाधर खड्का, शोभाराम राना समेतको बयान कागज उल्लेख छ । यस्तै दिलबहादुर कुसारी, बोधज्ञान रेग्मी, ओपेन्द्र बहादुर बुढाथोकी, दोर्ण बहादुर अधिकारी, सुरेज लुइटेल, रोशन खरेल, सुरेन्द्र राज दाहाल र बालकृष्ण पन्थीको पनि बयान कागज गराइएको छ ।
यसैगरी गणेश केसी, दीपक प्रसाद न्यौपाने, सुमिरा कार्की, लोकनाथ योगी, तेजिना लम्साल, सुशील ओली, राजु केसी, प्रमोदविक्रम राणा, प्रविधा रेग्मीको बयान कागज गराइएको छ । यसैगरी बसन्त केसी, अर्जुन न्यौपाने गोपाल ओली, प्रदीप अर्याल, निर्मल खत्री, दोर्णबहादुर अधिकारी, सीता विष्ट, माधव केसी, देवबहादुर केसी, देवसरा ओली, विकेक थापा, गिताराम पंगाली, खिमराज पौडेल, चन्द्र प्रसाद पाण्डे, दत्त बहादुर केसी, पवित्रा केसी, टोपेन्द्र डाँगी, सन्तोष गौतम, सन्देश सिंह ठकुरी, उद्दव तिवारीसमेतको बयान कागज मिसिलमा संलग्न गरिएको छ ।
यस्तै सञ्जय अधिकारी, गृहमन्त्रालयका कृष्ण प्रसाद शर्मा र यन्तोष प्रधानको समेत बयान कागज गराइएको छ भने गोपाल कुमार अधिकारी, डोलप्रसाद पाण्डे, सागरमणि पाठक, यमबहादुर परियार, सोमप्रसाद पोखरेल, धनकृष्ण पाण्डेलगायतको बयान काजग गराइएको छ ।
अदालतमा दायर मुद्दामा बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहित ३० जनाविरुद्ध मुद्दा दायर हुँदा १४ जना अझै फरार छन् ।
सूची-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण