कान्ये वेस्टविरुद्ध दुई मिलियन डलरको मुद्दा दर्ता
लस एन्जलस । अमेरिकी र्यापर कान्ये वेस्ट र ग्याप व्याण्डबीच कानूनी लडाइँ सुरु भएको छ । व्याण्डले कान्येविरुद्ध दुई मिलियन डलरको लो सुट फाइल गरेको छ ।
व्याण्डले कान्येसँगको सहकार्य असफल भएको दाबी गरेको छ । यो मामलामा एकअर्काबीच आरोप प्रत्यारोप जारी छ । यो विषय एक रेन्टल प्रोपर्टीसँग जोडिएको छ । अदालतमा पेस भएको कागजात अनुसार कान्येले प्रोपर्टीमा कैयौं अनाधृकित परिवर्तन गरेका छन् । ग्यापले आफ्नो अनुमति बिना कान्ये परिवर्तन गरेको आरोप लगाएको छ । जसकारण दुवै पक्षबीच भएको सम्झौता तोडिएको छ ।
ग्यापले कान्येमाथि कैयौं अन्य आरोप पनि लगाएको छ । कान्येको एकल निर्णयले २ मिलियन डलर क्षति भएको भन्दै त्यसको क्षतिपूर्ति मागिएको छ । यो विषयमा कान्येको कुनै प्रतिक्रिया आएको छैन ।
ग्यापले यसअघि नै कान्येसँगको आफ्नो साझेदारी तोडिसकेको थियो । यो ल सुटले अहिले कान्येलाई समस्यामा पार्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण