नक्कली भुटानी शरणार्थी प्रकरणमा एकीकृत समाजवादीद्वारा थप आन्दोलन घोषणा
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध थप सङ्घर्षको कार्यक्रम अगाडि सारेको छ । बुधवार सम्पन्न उक्त पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले थप आन्दोलनको घोषणा गरेका हो ।
विभागका प्रमुख डा विजय पौडेलको अध्यक्षतामा बसेको बैठकले जेठ १६ गते दिउँसो ४ बजे सबै जिल्लामा विरोध प्रदर्शन, र्याली र कोणसभा गर्ने निर्णय गरेको छ । यस्तै काठमाडौँ उपत्यकाको हकमा सोही मिति र समयमा माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय भएको सो पार्टीले जनाएको छ ।
त्यसका लागि मोर्चा संगठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटीलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको छ ।
विभागले यसअघि पनि काठमाडौँसहित देशभर नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीमाथि हदैसम्मको सजाय माग गर्दै प्रदर्शन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण