पूर्णकालीन छोरी बन्न एक महिलाले जागिर छोडिन्, सँगै बसेबापत आमाबुवाले मासिक ७५ हजार तलब दिँदै

४० वर्षकी एक महिलाले जागिर छोडेर आफ्ना आमाबुवाको ‘पूर्णकालीन छोरी’ बन्ने निर्णय गरेकी छिन् । उनको यो निर्णयले चीनमा विवाद निम्त्याएको छ ।
१५ वर्ष एक समाचार एजेन्सीमा काम गरेकी नियानानले अघिल्लो वर्ष जागिर छोडिन् । उनी २४ सै घण्टा फोनमा हुनुपर्दथ्यो र उनी अत्यधिक तनावमा हुन्थिन् । भाग्यवश, उनका आमाबुवाले उनका लागि त्योभन्दा राम्रो जागिरको अफर गरे । ‘तिमी किन जागिर छोड्दैनौ ? हामी तिमीलाई आर्थिक रूपमा सहयोग गर्छौँ,’ ती महिलाका आमाबुवाले भने । आमाबुवाले यति मात्रै भनेनन् उनलाई मासिक रूपमा ५७० डलर (७५ हजार रुपैयाँ) दिने प्रतिबद्धता पनि व्यक्त गरे । यो उनका लागि धेरै नै रकम हो किनभने उनले आफ्नै आमाबुवाको घरमा बस्दा भाडा तिर्नुपरेन, खानेकुरामा पैसा खर्च भएन र घरभित्रका अन्य सर सामग्री किन्न पनि उनको पैसा चलाउनु परेन । त्यसैले नियानानले जागिर छोडिन् र ‘पूर्णकालीन छोरी’ भएर बसिन् ।
आमाबुवाको घरमा यस्तो जागिर खाएको एक वर्षपछि नियानानले आफ्नो जागिर ‘मायाले भरिपूर्ण’ भएको बताएकी छिन् । उनी आफ्नी आमा–बुवासँग घरको सामान किन्न सपिङ जान्छिन्, प्रत्येक साँझ आमाबुवालाई खाना पकाउन सघाउँछिन्, आवश्यक परे उनीहरूलाई गाडीमा घुमाउँछिन् र प्रत्येक दिन एक घण्टा आमाबुवासँग नाच्छिन् पनि ।
नियानानका अनुसार उनले घरको विद्युतीय सामग्रीको बन्दोबस्त मिलाउँछिन् । यसका साथै प्रत्येक महिना एक वा दुई पटकको भ्रमणको योजना पनि बुन्छिन् । कतिलाई यो निकै उत्कृष्ट जीवनशैली लागे पनि ४० वर्षकी उनलाई योभन्दा थप पैसा कमाउन पाए पनि हुन्थ्यो भन्ने लाग्छ । तर उनका परिवार उनको यो इच्छाविरुद्ध छैनन् । उनलाई मन लागेको खण्डमा उनले यसो गर्न सक्छिन् ।
‘तिमीलाई मिल्दोजुल्दो काम पायौ भने गर्न सक्छौ,’ नियानानका अभिभावकले उनलाई भनेका छन् । ‘तिमी काम गर्न चाहँदैनौँ भने घरमा बस र हामीसँग समय बिताऊ ।’
नियानानले साउथ चाइना मर्निङ पोस्टसँगको कुराकानीमा उनको मासिक तलब आमाबुवाको मासिक पेन्सनबाट दिइने बताइन् । आमा र बुवाको संयुक्त गरी पेन्सन करिब १५ हजार डलर (१९ हजार डलर) आउँछ ।
धेरैलाई नियानान र उनको आमाबुवाबीचको यस्तो सम्झौता चीनमा विवादको विषय बनेको छ । कतिले ४० वर्षकी महिलालाई आफ्नै आमाबुवाबाट तलब लिएको भन्दै गाली गरेका छन् भने कतिले यो परिवारबीचको कुरा भएको भन्दै सम्मान गर्न भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
-
कर्णाली नदीमा बेपत्ता भएका दुई किशोर अझै भेटिएनन्
-
आर्यघाटमा मुर्दा बोल्यो, तर बोलेनन् जिउँदाहरू !
-
रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन: अर्थमन्त्री पौडेल
-
सैन्य आक्रमण जारी रहँदा भारतले पाकिस्तानसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको भन्दै आलोचना