आजदेखि प्रसारणमा आउँदै ‘सक्किगो नि’
काठमाडौँ । लोकप्रिय हास्यश्रृंखला ‘सक्किगो नि’ तेस्रो सिजन आज बिहिबारबाट सुरु हुने भएको छ । निर्माण संस्था जेपीटी क्रिएसनले सामाजिक संजालमार्फत श्रृखलाको प्रसारणबारे जानकारी दिएको हो ।
कमेडी जनरामा प्रसारण हुँदै आएको सिरियल अहिलेको गम्भीर र मर्मस्पर्शी कथाका साथ आउन लागेको हो । कुमार कट्टेल र अर्जुन घिमिरेको निर्देशन रहँदै आएको शृङ्खलाको तेस्रो सिजन पनि यी दुवैले निर्देशन गरेका छन् ।
हिमालय टिभी एचडीबाट प्रसारण हुने सिरियलमा कुमार कट्टेल, अर्जुन घिमिरे, सिपी पुडासैनी लगायतको अभिनय रहँदै आएको छ ।
निर्देशक अर्जुन घिमिरे भने सिरियल कमेडी जनरामै आउने बताउँछन् । ‘हाम्रो सिरियल निर्माण जनरा जहिले पनि कमेडी नै हुनेछ । किनभने हामीले गर्दै आएको र जानेको विषय यही हो’, घिमिरेले भने, ‘सामाजिक कथामा अब कमेडी मार्फत पस्किन लागेका हौँ ।’ अबको शृङ्खलामा दर्शकले पहिलेभन्दा पनि रमाइलो गर्न सक्ने घिमिरेले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
-
राष्ट्रिय भेला गर्ने निर्णय थप सल्लाह गरेर मात्रै हुन्छ : पूर्णबहादुर खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण