बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आजदेखि प्रसारणमा आउँदै ‘सक्किगो नि’

बिहीबार, ११ जेठ २०८०, १८ : ००
बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । लोकप्रिय हास्यश्रृंखला ‘सक्किगो नि’ तेस्रो सिजन आज बिहिबारबाट सुरु हुने भएको छ । निर्माण संस्था जेपीटी क्रिएसनले सामाजिक संजालमार्फत श्रृखलाको प्रसारणबारे जानकारी दिएको हो ।

कमेडी जनरामा प्रसारण हुँदै आएको सिरियल अहिलेको गम्भीर र मर्मस्पर्शी कथाका साथ आउन लागेको हो । कुमार कट्टेल र अर्जुन घिमिरेको निर्देशन रहँदै आएको शृङ्खलाको तेस्रो सिजन पनि यी दुवैले निर्देशन गरेका छन् ।

हिमालय टिभी एचडीबाट प्रसारण हुने सिरियलमा कुमार कट्टेल, अर्जुन घिमिरे, सिपी पुडासैनी लगायतको अभिनय रहँदै आएको छ ।

निर्देशक अर्जुन घिमिरे भने सिरियल कमेडी जनरामै आउने बताउँछन् । ‘हाम्रो सिरियल निर्माण जनरा जहिले पनि कमेडी नै हुनेछ । किनभने हामीले गर्दै आएको र जानेको विषय यही हो’, घिमिरेले भने, ‘सामाजिक कथामा अब कमेडी मार्फत पस्किन लागेका हौँ ।’ अबको शृङ्खलामा दर्शकले पहिलेभन्दा पनि रमाइलो गर्न सक्ने घिमिरेले दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप