बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

काजोल र अमिरको ‘फना’ चलचित्र निर्माणको १७ वर्ष पूरा, यसरी सम्झिइन् काजोलले सुटिङको क्षण

शनिबार, १३ जेठ २०८०, १० : ३९
शनिबार, १३ जेठ २०८०

मुम्बई । आमिर खान र कलोजको फिल्म ‘फना’ रिलिज भएको १७ वर्ष पूरा भएको छ । यो फिल्म २६ मे २००६ मा रिलिज भएको थियो ।

यो फिल्म निकै हिट  भयो, जसमा काजोलले दृष्टिविहीन केटीको भूमिका निभाएकी थिइन् । फिल्मका गीतदेखि लिएर कथा र दुवै स्टारको उत्कृष्ट अभिनयलाई दर्शकले निकै रुचाए । 

फिल्म फनाको १७ वर्ष पूरा भएको अवसरमा काजोलले फिल्मसँग सम्बन्धित केही किस्साहरू सम्झाउँदै यसलाई आफ्नो जीवनको सबैभन्दा यादगार फिल्मको रूपमा वर्णन गरिन्।

काजोलले यो फिल्म फनाका केही दृश्य आफ्नो इन्स्टाग्रामबाट सेयर गरेकी छिन् । भिडियोको क्याप्सनमा उनले लामो पोस्ट लेखेकि छन् र फिल्मको सुटिङका ​​क्रममा बितेका क्षणहरु सम्झेकी छन् । काजोलले लेखेकी छिन्, ‘मेरो धेरै कमब्याकहरूमध्ये एक तर मेरो लागि सधैं विशेष हुनेछ किनभने मैले मेरो चश्मा बिना बाँच्नु परेको थियो।

काजोलले थप लेखेकी छिन,, ‘शुटिंगको पहिलो दिन पोल्याण्डमा – २७ डिग्री सेन्टिग्रेड तापक्रम थियो र मैले जमेको तालमा पातलो शिफन सलवार कमिज लगाएकी थिएँ, जसको एकातिर विन्ड चिल फ्याक्टर थियो । अर्कोतर्फ आमिर खानले सुटिङका ​​लागि स्थानीय बजारबाट एउटा राम्रो बाक्लो ज्याकेट किनेका थिए । त्यसैले उसको अनुहारमा त्यस्तो प्राकृतिक पीडा थिएन तर मेरो अनुहार भने पुरै फ्रिज भएको थियो।

सबैभन्दा ठुलो कुरा, जब हामी मुम्बई फर्कियौँ, पूरै गीत सकियो र रि– सुट गरियो। के हामीले संसारभरका महिलाहरूलाई र विशेष गरी सुन्दर देख्नका लागि यस्तोसम्म गरेका थिए, यस्तो सकसपुर्ण कार्य गर्ने नायिकाहरूलाई सलाम गर्नुपर्छ।

कुनाल कोहलीको निर्देशनमा बनेको फिल्म फनालाई दर्शकका साथै समीक्षकले पनि निकै रुचाएका थिए । यो फिल्म गुजरातमा प्रतिबन्धित थियो, यद्यपि फिल्मले त्यति बेला ५१ करोडभन्दा बढीको व्यापार गरेको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप