कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरूले बुझाए सामूहिक राजीनामा
धनगढी । आन्दोलित कैलाली बहुमुखी क्याम्सपका प्राध्यापकहरूले सामूहिक राजीनामा बुझाएका छन् । क्याम्पसका विभागीय प्रमुखहरू शुक्रबार सामूहिक राजीना दिएर आन्दोलित बनेका हुन् । उनीहरूले क्याम्पसमा तालाबन्दीसमेत गरेका छन् ।
सुदूरपश्चिमाञ्चल विश्विद्यालयले सामायोजन हुँदाको समझदारी अनुरुप काम नगरेको प्राध्यापकहरूको गुनासो छ । कैलाली बहुमुखी क्याम्पस २०७७ माघ ४ गते सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेको थियो ।
विश्वविद्यालयले समायोजन हुँदा गरेका वाचा पूरा नभएपछि प्राध्यापकहरू आन्दोलित हुनु परेको कैलाली बहुमुखी क्याम्पस, प्राध्यापक संघका सभापति शिवप्रसाद सापकोटाले बताए ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले समायोजन हुँदा कैलाली बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायको डिनको कार्यालय राख्ने सहमति गरेकोमा त्यो पुरा नभएको उनीहरूको गुनासो छ ।
यसैगरी २०७८ बाट क्याम्पसमा वन विज्ञान, २०७९ मा अर्कटेक्चरल इन्जिनियरिङ, २०८० मा कम्प्युटर विज्ञान र २०८१ बाट सिभिल इन्जिनियरिङको अध्यापन कैलाली बहुमुखी क्याम्पसबाट गर्ने भनिएको थियो । तर, अहिले आएर समायोजनकै काम पनि पूरा नभएपछि प्राध्यापकहरू आन्दोलित हुनुपरेको प्रध्यापक संघका सभापति सापकोटाले बताए ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पहिलो चरणमा समाहित भएका क्याम्पसका प्राध्यापकहरूको समायोजन अहिलेसम्म टुङ्ग्याउन नसकेको प्राध्यापकहरूको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण