गणतन्त्रमा जनताले अपेक्षा गरे जति काम गर्न सकिएन : प्रकाश ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले गणतान्त्रिक व्यवस्थामा जनताले अपेक्षा गरे जति काम गर्न नसकिएको स्वीकार गरेका छन् । सरकारले रेशम चौधरी सहित १८ जनालाई कैद मिनाहा गरेपछि बोल्दै ज्वालाले जनताले अपेक्षा गरे बमोजिम काम पूरा गर्न नसकिएको बताए ।
‘हामीले गर्ने राम्रा कामहरू ओझेलमा हुन्छन् । नराम्रा कामहरू बढी प्रचार हुन्छन् । गणतन्त्रको भावना अनुसार जनताले जति अनुभूति गर्नुपर्ने हो । त्यो हुन हुन सकेन’ ज्वालाले भने, ‘गणतन्त्रमा जनताले बढी अपेक्षा गर्नु स्वाभाविक हो । आन्दोलन भयो, क्रान्ति भयो, बलिदान भयो । आफ्नो जीवन उत्सर्ग गरेर गणतन्त्रको मूल्य जति उचाइमा हुनुपर्ने हो त्यो हुन नसकेको स्वविभाक हो ।’
जनताले परिवर्तनको अनुभूति गर्ने गरी आधारभूत आवश्यक समेत पूरा गर्न नसकिएको ज्वालाले बताए । ‘राजनीतिक अस्थिरताले संविधान कार्यान्वयन गर्ने सवालमा, प्रतिगमन सच्याउने सवालमा, यो व्यवस्था बलियो बनाउन लाग्नुपर्ने भयो । गणतन्त्रमा जनजीविकाको सवाल समेत पेचिलो भयो’ उनले भने, ‘हामीले राजनीतिक परिवर्तनलाई सुनिश्चित गर्यों । आर्थिक परिवर्तनबाट जनतालाई राहत, सेवा सुविधा दिन लाग्नुपर्ने छ ।’ व्यवस्था परिवर्तन भई सकेकाले जनताको अवस्था परिवर्तन गर्न सबै लाग्नुपर्ने ज्वालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भमके खोलामा पुल निर्माण सुरू भएपछि स्थानीय खुसी
-
पश्चिमी न्यून चापीय प्रणालीका कारण एकाएक मौसम बदली, जाडो अझै बढ्ने
-
विदेशी मुद्राको विनिमय दर : डलरको भाउ उस्तै, कसको मूल्य कति ?
-
एनपिएलमा को-को भिड्दै छन् आज ?
-
व्यापार व्यवसाय र वैदेशिक यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल
-
एसी मिलानलाई हराउँदै एटलान्टा शीर्षस्थानमा