प्राप्त अधिकारको रक्षा, प्रयोग र थप विकास गर्दै अघि बढ्नु आजको आवश्यकता : कर्णालीका प्रदेश प्रमुख
सुर्खेत । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले गणतन्त्रको जगमा प्राप्त अधिकारको रक्षा, प्रयोग र थप विकास गर्दे अघि बढ्नु आजको आवश्यकता रहेको बताएका छन् । १६ औँ गणतन्त्र दिवसको शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख परियारले यो अवसरमा बेपत्ता योद्धाहरूको उच्च सम्मान र घाइते अपाङ्ग योद्धाहरूको सम्मान एवं जेलमुक्तिको कामना गरेका हुन् ।
झण्डै अढाई सय वर्ष पुरानो हिन्दु एकात्मक सामन्ती राजतन्त्रात्मक राज्यव्यवस्थाको अन्त्य गरी गणतन्त्र, संघीयता,धर्मनिरपेक्षता,समानुपातिक समावेशी सहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन भएको अवगत उनले गराएका छन् । उनले भनेका छन्,‘ करोडौँ नेपालीहरूको त्याग, बलिदान र सक्रिय सहभागीताबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न सात राजनैतिक दल र माओवादी विद्रोही बीचको १२ बुँदे सहमति, वृहत् शान्ति सम्झौताको आधारमा अन्तरिम संविधान, दुई–दुई पटक संविधानसभाको निर्वाचनबाट नेपाली जनताको अधिकार नेपालको संविधान–२०७२ ले संस्थागत गरेको छ । यी अधिकारको रक्षा,प्रयोग र थप विकास गर्दे अघि बढ्नु आजको आवश्यकता रहेको छ । यसका लागी हिमाल, पहाड, मधेस, तराई बीचको जनएकता र राष्ट्रिय सहमति कायम गरी अघि बढ्न यस दिवसले प्रेरित गरोस् भन्ने अपेक्षा गर्दछु ।’
साथै परियारले नेपाली जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाद्वारा राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता अझ सुदृढ गर्दै संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने ऊर्जा मिलोस् भन्ने शुभेच्छा पनि प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसिया सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
-
९७ प्रतिशत बालबालिकालाई दादुराविरूद्धको खोप
-
खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
-
५० हजार विद्युत् मिटर सातै प्रदेशमा पठाइयो, नयाँ मिटरका लागि निवेदन दिन आग्रह
-
स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु
-
पशुपति दर्शन गर्न आउने दर्शनार्थी र यात्रु लुट्ने दुई जना भारतीय नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण