पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनेर बस्न आग्रह
सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनेर बस्न आग्रह गरेका छन्। १६ औँ गणतन्त्र दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
यसअघि शनिबार पूर्व राजा शाह सुर्खेत आएर गरेको सम्बोधनको विषयलाई लिएर कँडेलले प्रतिवाद गरे । उनले भने, 'पूर्वराजालाई पार्टीको अध्यक्ष बनेर बस्दा हुन्छ। राप्रपालाई आफ्नै पार्टीको अध्यक्ष बनाएर हिँड्न आग्रह गर्दछु ।'
उनले गणतन्त्रमाथि प्रश्न उठिरहेको बनाउँदै गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए। उनले भने, ‘हामी गणतन्त्रवादीहरूले बुझेर स्थापित गर्न सक्नुपर्छ ।
सबैलाई एउटै डालोमा हाल्ने काम भए त्यो राम्रो हुँदैन। एउटा राजा होइन धेरै राजा भए भनेर जनताको सेवक होइन भन्ने गरिएको छ । ज्ञानेन्द्र शाह जस्ता आएर कहिले हिन्दु धर्ममा नाममा अन्य केहीका नाममा गणतन्त्रमाथि धावा बोल्ने काम गरिरहेका छन्।’ व्यवस्थालाई प्रयोगका रूपमा अहिले हुनेहरूले न लिन उनको आग्रह थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने
-
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा २४ जनाको उम्मेदवारी
-
कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत
-
कांग्रेस विवाद : महामन्त्री घिमिरेले भेटे खड्का र सिटौला
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण