गणतन्त्रपछि आरक्षण कोटाबाट २२ हजार बढीले सरकारी जागिर पाए
सोमबार, १५ जेठ २०८०, १५ : ३२
काठमाडौँ । गणतन्त्र स्थापनाको १५ वर्षमा २२ हजार बढीले आरक्षण कोटाबाट लोकसेवा मार्फत सरकारी सेवामा प्रवेश पाएका छन् ।
गणतन्त्र दिवसको दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेपालले प्रशासनिक क्षेत्रमा समावेशी प्रतिनिधित्वमा फड्को मारेको जनाइएको छ । २०६४ देखि २०७९ सम्म लोकसेवा आयोगको समावेशी प्रतिस्पर्धाबाट २२,६९२ जना महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्र समूहबाट सिफारिस भएको जनाइएको छ ।
२०६४ देखि ०७९ को अवधिमा महिला ७ हजार ७५९ जना, आदिवासी जनजाति ६ हजार ७४ जना, मधेसी ४ हजार ९३८ जना, दलित २ हजार ५३ जना, अपाङ्गता भएका १ हजार ५४ जना र पिछडिएको क्षेत्रबाट ८१४ जना लोकसेवाबाट सरकारी सेवाका लागि सिफारिस भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण