‘लम्पी स्किन’बाट धमाधम पशु मर्न थाले
महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा एक सय ५० बढी गाईगोरुमा ‘लम्पी स्किन रोग’ देखा परेको छ । बर्दिबास–१० खयरमारामा स्थानीयले पालेका गाईगोरुमा लम्पी स्किन रोग देखिएको स्थानीय पशुपालक कृष्णबहादुर थापाले बताए ।
उनका अनुसार विगत १०–१५ दिनदेखि गाउँमा रोगले समस्या हुँदै गएको र अहिलेसम्म १० पशु मरिसकेको छन् । केही दिनदेखि पशुको छालामा अचानक नयाँ खालको सङ्क्रमण देखिन थालेको, जीउभरि गिर्खा आउन थालेको, घाउजस्तो भएर पिप बग्न थालेको, उच्च ज्वरोलगायतका लक्षण देखिएको र अहिलेसम्म १० पशु मरिसकेको स्थानीय पशुपालक वीरेन्द्र थापाले बताए ।
बर्दिबास नगर प्रमुख प्रल्हदकुमार क्षेत्रीले खयरमाराका पशुमा लम्पी स्किन देखिएको र यसको रोकथाम र उपचारका लागि पशु चिकित्सकसँग परामर्श सहित आवश्यक औषधिको व्यवस्थापन गर्न लागेको बताए।
महोत्तरीमा रहेको १५ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा लम्पी स्किन रोग फैलिएको जनाइएको छ । जिल्लाभर यस रोगबाट अहिलेसम्म करिब २० गाईगोरु मरेका छन् ।
लम्पी स्किन रोग अहिले जिल्लाभरि फैलिँदासमेत भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र महोत्तरीले चासो नदेखाएको पशु पालक किसानले गरेका छन् ।
लम्पी स्किन सङ्क्रमित पशुको शरीरका भागमा गिर्खा आउने, घाउ हुने पाक्ने, पिप बग्ने, उच्च ज्वरो आउने लक्षण देखिएको छ भने लम्पी स्किन रोगले सबैभन्दा बढी दुधालु गाईलाई प्रभावित पार्ने गरेको जनाइएको छ । लम्पी स्किन लागेका पशुबाट दूध उत्पादनमा ५० प्रतिशत बढी ह्रास आउने छ । पशुसेवा विज्ञ केन्द्रका सूचना अधिकारी सूर्यदेव यादवले रोग नियन्त्रणका लागि आवश्यक प्रयास भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण