भारत भ्रमणमा अनुचित सम्झौता हुँदैन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा कुनै अनुचित सम्झौता नगरिने बताएका छन् । भारत भ्रमणको पूर्वसन्ध्यामा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देश र जनतालाई फाइदा हुने सम्झौता गरिने बताए ।
‘मैले भारत भ्रमणमा कुनै त्यस्तो अनुचित सम्झौता गर्दिन । देश र जनताको पक्षमा हुने निर्णय गरिने छ । मैले राम्रो गर्न सकेमा प्रयास गर्ने छु’ बैठकमा सहभागी एक सांसदले भने, ‘यदि सकिएन भने नराम्रो गर्दिन । केही नहुने भयो भने नराम्रो नगर्ने योजना छ ।’
संसदीय दलको बैठकमा प्रचण्डले भारत भ्रमणको कार्यतालिका बारेमा जानकारी गराएका थिए ।
बैठकमा प्रचण्डले व्यापार पारवहन, लगानी प्रवर्द्धन, ऊर्जा क्षेत्रमा व्यापार, अन्तर देशीय विद्युतीय लाइन, सिचाई, बाढी तथा डुबान नियन्त्रण लगायत विषयलाई एजेण्डा बनाएका छन् । यस्तै कृषि, हवाई प्रवेश मार्ग रुट सम्पर्क सञ्जाल, पक्की पुल निर्माण, एकीकृत जाँच चौकी र आन्तरिक कन्टेनर जस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने विषयमा छलफल हुने प्रचण्डले बताएको ती सांसदले बताए । भारतको भूमि हुँदै बंगलादेशसम्म जलविद्युत निर्यातको विषयमा समेत यो पटक ठोस कुरा हुने प्रचण्डले बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेट राम्रो ल्याएको प्रचण्डले दाबी गरेको सांसद नारायणी शर्माले बताइन् । ‘हामीले सारमा राम्रो बजेट ल्याएका छौं । अहिलेको संकटपूर्ण बजेटलाई धान्ने खालको बजेट ल्याएको छ,’ प्रचण्डको भनाई उल्लेख गर्दै शर्माले भनिन्, ‘अहिलेको संकटलाई सम्बोधन गर्ने खालको बजेट आएको छ । अहिलेको परिस्थिति बमोजिम राम्रो बजेट ल्याएका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसम्मत हुन नसकेपछि जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने
-
माओवादीले विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन गर्न सबै पक्षसँग परामर्श गर्ने
-
असोज २४ गतेदेखि एमाले मधेस प्रदेश अधिवेशन, लोगो र नारा सार्वजनिक
-
राष्ट्रपतिसहित विशिष्ट व्यक्तिले ‘नो भेहकल जोन’ पालना गरेकोमा मेयर बालेनले गरे खुशी व्यक्त
-
मधेसमा सुशासन कायम गर्न एमालेको सरकार बन्नुपर्छ : सचिव भट्टराई
-
टाउकोमा कालोपट्टी बाँधेर शिक्षकहरूले गरे प्रदर्शन