भारतबाट तीनवटा परियोजना शिलान्यास हुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएको बेला तीनवटा परियोजनाको शिलान्यास हुने भएको छ । त्यस्तै, एउटा परियोजनाको उद्घाटनसमेत हुने बताइएको छ ।
भारतको सिलिगुडीदेखि झापासम्मको पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको शिलान्यास नयाँ दिल्लीबाटै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने सम्झौता यसअघि नै भइसकेको थियो ।
बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने परियोजनाको समेत शिलान्यास गर्ने तयारी रहेको छ ।
त्यसैगरी, झापा बोर्डरमा एकीकृत जाँच चौकीको पनि शिलान्यास गरिने तयारी भइरहेको बताइएको छ ।
नेपालगञ्जमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)को उद्घाटन पनि नयाँ दिल्लीबाटै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने तयारी भइरहेको छ । सो आइसिपी ८७ बिघा क्षेत्रफलमा फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसम्मत हुन नसकेपछि जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने
-
माओवादीले विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन गर्न सबै पक्षसँग परामर्श गर्ने
-
असोज २४ गतेदेखि एमाले मधेस प्रदेश अधिवेशन, लोगो र नारा सार्वजनिक
-
राष्ट्रपतिसहित विशिष्ट व्यक्तिले ‘नो भेहकल जोन’ पालना गरेकोमा मेयर बालेनले गरे खुशी व्यक्त
-
मधेसमा सुशासन कायम गर्न एमालेको सरकार बन्नुपर्छ : सचिव भट्टराई
-
टाउकोमा कालोपट्टी बाँधेर शिक्षकहरूले गरे प्रदर्शन