बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेस नेता निधिले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत

बुधबार, १७ जेठ २०८०, १६ : ३२
बुधबार, १७ जेठ २०८०

जनकपुरधाम । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणको स्वागत गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै नागरिकता विधेयक प्रमाणीकरणले संसदीय लोकतन्त्रको मान्यता र संविधान अनुसार संसद्को सर्वोच्चता कायम भएको उल्लेख गरेका हुन् । 

उनले लेखेका छन्, 'बुवा र आमा दुवै जना नेपाली नागरिक भएर पनि सन्तानहरूले वर्षौं देखि नागरिकता नपाएको समस्या समाधान भएको छ ।' 

राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप