कांग्रेस नेता निधिले गरे नागरिकता विधेयक प्रमाणीकरणको स्वागत
बुधबार, १७ जेठ २०८०, १६ : ३२
जनकपुरधाम । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणको स्वागत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै नागरिकता विधेयक प्रमाणीकरणले संसदीय लोकतन्त्रको मान्यता र संविधान अनुसार संसद्को सर्वोच्चता कायम भएको उल्लेख गरेका हुन् ।
उनले लेखेका छन्, 'बुवा र आमा दुवै जना नेपाली नागरिक भएर पनि सन्तानहरूले वर्षौं देखि नागरिकता नपाएको समस्या समाधान भएको छ ।'
राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण