नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित तीन जनाको बयान सकियो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार टोपबहादुर रायमाझीसहित तीन जनाले काठमाडौँ जिल्ला अदालतमा बयान दिएका छन् ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बिहीबार बयान दिएका हुन् ।
टोपबहादुर पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका निलम्बित सचिव हुन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य योजनाकारमध्ये एक रहेको भन्दै मुद्दा प्रक्रिया अघि बढाइएको हो ।
यस्तै शेर्पा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । मियाँ भने हज समितिको अध्यक्ष हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब तीन जनाले बयान दिन बाँकी छ । पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनले बयान दिन बाँकी छ । उनीहरुको बयान शुक्रबार लिइने भएको छ ।
नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो ।
यो प्रकरणमा ३० जना प्रतिवादी रहेकोमा १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार छन् । बिहीबारसम्म १५ प्रतिवादीले बयान दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका स्थानीय तहका कर्मचारी पुनः आन्दोलनमा, सेवाप्रवाह प्रभावित
-
अभिनेत्री उषा पौडेलले अमेरिकामा गरिन् विवाह
-
गणतन्त्रविरुद्ध राजावादी एकजुट, ज्ञानेन्द्रको भूमिकाप्रति शङ्का
-
सांस्कृतिक पर्वले समाजको एकतालाई थप बलियो बनाउने विश्वास
-
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
-
सुदीप न्यौपानेको परिवारलाई भेट्न पुगे भारतीय राजदूत