नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित तीन जनाको बयान सकियो
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार टोपबहादुर रायमाझीसहित तीन जनाले काठमाडौँ जिल्ला अदालतमा बयान दिएका छन् ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बिहीबार बयान दिएका हुन् ।
टोपबहादुर पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका निलम्बित सचिव हुन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य योजनाकारमध्ये एक रहेको भन्दै मुद्दा प्रक्रिया अघि बढाइएको हो ।
यस्तै शेर्पा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । मियाँ भने हज समितिको अध्यक्ष हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब तीन जनाले बयान दिन बाँकी छ । पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनले बयान दिन बाँकी छ । उनीहरुको बयान शुक्रबार लिइने भएको छ ।
नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो ।
यो प्रकरणमा ३० जना प्रतिवादी रहेकोमा १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार छन् । बिहीबारसम्म १५ प्रतिवादीले बयान दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण