फ्लोरमा नम्रताको ‘ह्यासट्याग माया’
शुक्रबार, १९ जेठ २०८०, १७ : २५
काठमाडौंँ । अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहने फिल्म ‘ह्यासट्याग माया’को छायांकन सुरु भएको छ । शुक्रबारबाट फिल्मको छायांकन बर्दियामा सुरु भएको हो । ४५ दिनको सेड्युलसहित फिल्मको छायांकन सुरु गरिएको हो । फिल्ममा नम्रताले योग प्रशिक्षकको भूमिका निर्वाह गर्नेछिन् ।
थ्रिलर विधामा निर्माण हुने फिल्ममा नम्रताको अलवा सारूक ताम्राकार, रोयदीप श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सीके लगायतको पनि अभिनय रहनेछ । राजीव गुरुङको निर्देशन रहने फिल्मका कार्यकारी निर्मातामा अनुप पौडेल हुन् । फिल्ममा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन छ ।
२०७५ मा रिलिज भएको फिल्म ‘प्रसाद’ पछि अभिनयमा नदेखिएकी नम्रता करिब ५ वर्षपछि फिल्ममा फर्किएकी हुन् । आफुलाई स्क्रिप्त चित्त नबुझेसम्म अभिनय नगर्ने नम्रता रेष्टुरेन्ट व्यवसायमा पनि आवद्ध छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
-
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण