‘कांग्रेस भ्रष्टाचारी जोगाउनेतर्फ अग्रसर’
हेटौडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीले भ्रष्टाचारका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न नसेकेको गुनासो गरेका छन् ।
शुक्रबार मकवानपुरको दामनमा आयोजित नेपाल प्रेस युनियन मकवानपुरद्वारा आयोजित कार्ययोजना निर्माण तथा अन्तरक्रिया कार्यक्रममा शिवाकोटीले पार्टी भ्रष्टाचारका विषयमा स्पष्ट धारणा बनाउन नसकेको र भ्रष्टाचारी जोगाउनेतर्फ अग्रसर भएको बताए ।
भ्रष्टाचार आरोप लगाइएका व्यक्ति पार्टीले निलम्बन नगरेर जोगाउने काम गरेको उनको भनाई छ । उनले नेतृत्वको कमजोरीका कारण विगत ९ महिनादेखि केन्द्रीय समितिको बैठक बस्न नसकेको बताए ।
यथाशीघ्र पार्टीको केन्द्रीय समिति बैठक राखेर भ्रष्टाचार विरुद्धमा स्पष्ट धारणा निर्माण गर्नुपर्ने र आरोप लागेका व्यक्तिहरुलाई निलम्बन गरेर अनुसन्धानमा सघाउन उनले माग गरे ।
‘पार्टीको कुरा गर्ने हो भने न नौ महिनादेखि बैठक छ,न विभागहरुले पूर्णता पाएका छन्,’ उनले भने, ‘भ्रष्टाचारका विषयमा पार्टीको धारणासमेत बाहिर आउन सकेको छैन । भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई निलम्बन गर्न सकेको छैन । यसले पार्टी नै भ्रष्टाचारी जोगाउन अग्रसर रहेको देखिन्छ ।’
पार्टी सभापतिसँग स्पष्ट बहुमत हुँदाहुँदै पनि जिम्मेवारी र जबाफदेहीबाट भाग्ने काम भइरहेको उनले आरोप लगाए ।
‘हामीलाई केले अल्झायो ? बहुमतले काम गर्न दिएन भन्ने हो भने ८४ प्रतिशत सदस्य सभापतिसँगै छ । नयाँ उत्साह भएका साथीहरुलाई काम गर्ने प्लेटफर्म किन दिइँदैन ?’ उनले प्रश्न गरे ।
उनले प्रेस युनियनको नेतृत्वबाट पार्टीले सिकेर आफ्ना क्रियाकलापलाई अघि बढाउनुपर्ने बताए ।‘प्रेस युनियनले आन्तरिक लोकतन्त्रबाट नेतृत्व चयन गरेर संगठनलाई चलायमान बनाउन गतिविधिहरु गर्दै अघि बढिरहेको छ । यसबाट सबैले सिकौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण