दुर्घटना
भारतको ओडिसामा रेल दुर्घटना हुँदा २ सय ३७ जनाको निधन
शनिबार, २० जेठ २०८०, ०७ : २८
काठमाडौँ । भारतको ओडिसामा रेल दुर्घटना हुँदा कम्तीमा दुई सय ३७ जनाको निधन भएको छ । ओडिसाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।
घटना शुक्रबार राति भएको थियो । घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन् ।
उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा इरानविरुद्धको समुद्री नाकाबन्दी अन्त्य
-
‘मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक छ’
-
हराएकाे ३० वर्षपछि दोलखा फर्किए आकाश भैरवका ऐतिहासिक मुकुट (तस्बिरहरु)
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
-
मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण