ओटीटीपछि ‘सिर्फ एक बन्दा काफी है’ हलमा रिलिज, यस्तो गर्ने पहिलो चलचित्र
मुम्बई । मनोज बाजपेयीको फिल्म ‘सिर्फ एक बन्दा काफी है’ पनि हलमा रिलिज भएको छ । ओटीटीपछि हलमा रिलिज हुने यो पहिलो फिल्म हो । फिल्म मे २३ मा स्ट्रिमिङ सुरु भएको थियो । सामाजिक सञ्जाल तथा अन्य माध्यममा फिल्मको बारेमा निकै राम्रो प्रतिक्रिया आइरहेको छ ।
चलचित्रलाई हलमा रिलिज गर्ने कुरा निर्माताहरुले लामो समयदेखि गर्दै आएका थिए । अहिले यो फिल्म दिल्ली, मुम्बई र युपीलगायत देशका पाँच राज्यमा रिलिज भएको छ । मनोज बाजपेयीले चलचित्र हलमा रिलिज गर्न जनताको धेरै माग रहेको भन्दै उनीहरुको भावनाको कदर गरिएको बताए ।
मनोज बाजपेयीलाई सोधिएको थियो कि ओटीटीमा आएपछि किन कोही फिल्मलाई थिएटरमा हेर्न चाहन्छन् ? जवाफमा हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले भने, ‘सिनेमा हलमा रिलिज हुनुले सन्देश दिन्छ । सामाजिक सञ्जालमा हलमा फिल्म रिलिजको माग गरिएको थियो । उनीहरू यसलाई ठुलो पर्दामा हेर्न चाहन्थे। अब हामी उनीहरूलाई ठुलो पर्दाको चलचित्रको आनन्द लिने मौका दिइरहेका छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण