लन्डनमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु
सारांश
- लन्डनको ह्यारोमा २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव फेला परेको छ।
- युनिभर्सिटी अफ इस्ट लन्डनमा साइबर सेक्युरिटीका अन्तिम वर्षका विद्यार्थी रहेका ठाकुरको मानसिक स्वास्थ्य समस्याका कारण आत्महत्या गरेको आशंका गरिएको छ।
- शव नेपाल पठाउन आर्थिक सहयोग जुटाउन गोफन्डमीमा पेज खोलिएको छ।
लन्डन । लन्डनको ह्यारोमा बस्दै आएका २२ वर्षीय नेपाली विद्यार्थी कौशल कुमार ठाकुरको आफ्नै कोठामा शंकास्पद अवस्थामा शव फेला परेको छ। महोत्तरी (पिपरा–०७, बनौली) स्थायी घर ठाकुर युनिभर्सिटी अफ इस्ट लन्डनमा साइबर सेक्युरिटी विषयमा अन्तिम वर्षमा अध्ययनरत थिए। परिवारका अनुसार, कौशल विगत केही समयदेखि गम्भीर मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका थिए र सोही कारणले उनले आत्महत्या गरेको आशंका गरिएको छ।
१८ जुन बिहीबार मृत भेटिएका कौशलको अकल्पनीय निधनले बेलायतस्थित नेपाली समुदायलाई स्तब्ध तुल्याएको छ। मृतकका भाइ आदित्य कुमार ठाकुरका अनुसार परिवार अहिले ठुलो मानसिक आघातसँगै आर्थिक संकटमा समेत परेको छ। बेलायतमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल पठाउन ठुलो खर्च लाग्ने र त्यो जुटाउन परिवार असमर्थ रहेको आदित्यले बताएका छन्।
ठाकुर परिवारलाई सहयोग गर्नका लागि 'गोफन्डमी' (GoFundMe) मा एक पेज खोलिएको छ। आदित्यले भावुक अपिल गर्दै भनेका छन्, 'हाम्रो दाइको अगाडि एउटा सुन्दर भविष्य थियो, तर परिस्थितिले हामीबाट उसलाई खोस्यो। अहिले हाम्रो एकमात्र चाहना दाइको पार्थिव शरीर नेपाल फर्काएर मातृभूमिमा सम्मानजनक बिदाइ दिनु हो। कृपया यो कठिन समयमा हामीलाई सहयोग गरिदिनुहोस्।'
बेलायतमा पटक पटक दोहोरिरहने यस्ता घटनाले यहाँ अध्ययनरत विद्यार्थीहरूको मानसिक स्वास्थ्य र उनीहरूले भोग्नुपरेका चुनौतीहरूमाथि पनि प्रश्न उठाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण