भूभाग सट्टापट्टा गर्न सकिने प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवार र आपत्तिजनक : कमल थापा
शनिबार, २० जेठ २०८०, १७ : ४८
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मित्रराष्ट्र भारत भ्रमणका क्रममा नेपाली भूभाग सट्टापट्टा गर्न सकिने भन्दै दिएको अभिव्यक्तिलाई गैर जिम्मेवार र आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको अविभाज्य भूभाग रहेको समेत बताएका छन् ।
थापाले आफ्नो धारणा यसरी सार्वजनिक गरेका छन् - ‘लिम्पियाधुरा,कालापानी,सुस्ता नेपालको अविभाज्य भूभाग हो। भारतले अनधिकृतरुपमा कब्जा गरिरहेको छ। यो विषय कूटनीतिक वार्ताबाट टुङ्ग्याउनुपर्छ। संसद्, दलहरूसँग परामर्श नगरी र जनताको सहमतिविना प्रधानमन्त्रीले नेपालको भूभाग सट्टापट्टा गर्न सकिने खालको गैर जिम्मेवार अभिव्यक्ति दिनु आपत्तिजनक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण