भूभाग सट्टापट्टा गर्न सकिने प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवार र आपत्तिजनक : कमल थापा
शनिबार, २० जेठ २०८०, १७ : ४८

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मित्रराष्ट्र भारत भ्रमणका क्रममा नेपाली भूभाग सट्टापट्टा गर्न सकिने भन्दै दिएको अभिव्यक्तिलाई गैर जिम्मेवार र आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको अविभाज्य भूभाग रहेको समेत बताएका छन् ।
थापाले आफ्नो धारणा यसरी सार्वजनिक गरेका छन् - ‘लिम्पियाधुरा,कालापानी,सुस्ता नेपालको अविभाज्य भूभाग हो। भारतले अनधिकृतरुपमा कब्जा गरिरहेको छ। यो विषय कूटनीतिक वार्ताबाट टुङ्ग्याउनुपर्छ। संसद्, दलहरूसँग परामर्श नगरी र जनताको सहमतिविना प्रधानमन्त्रीले नेपालको भूभाग सट्टापट्टा गर्न सकिने खालको गैर जिम्मेवार अभिव्यक्ति दिनु आपत्तिजनक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन