भारतीय मूलकी निलमसँगको डेटमा टाइटनिक हिरो
लस एन्जलस । ‘टाइटानिक’ फेम्ड हलिउड अभिनेता लियोनार्दो डिकेप्रियो हालका दिनमा आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । भारतीय मूलकी मोडल निलम गिलसँग लन्डनको एक रेस्टुरेन्टमा उनी भेटिएपछि उनी र निलमबीचको अफेयरले चर्चा सुरु भएको छ ।
डिकेप्रियो उमेरले ४८ वर्ष र निलम २८ वर्षकी छिन् । दुवै परिवारका केही सदस्यबीचको त्यो भेटघाटलाई धेरै डिनर डेटको संज्ञा दिएका छन् । निलको जन्म सन् १९९५, अप्रिल २७ मा इंग्ल्याण्डको कोवेन्ट्रीमा भएको थियो । उनको हजुरबुवा हजुरआमा भारतमा जन्मिएका थिए । उनी पन्जाबको सिख परिवारकी हुन् ।
फूलाई ब्रिटिस–पन्जाबी मोडल बताउने उनले १४ वर्षको उमेरदेखि मोडलिङ सुरु गरेकी हुन् । उनले आफ्नो युट्युब च्यानल पनि छ । जहाँ बुलिङ, डिप्रेसन र बडी कन्फिडेन्स सम्बन्धी विषयमा कुराकानी राख्छिन् ।
निलम पछिल्लो महिना फ्रान्सको कान्स फिल्म फेस्टिभलमा देखिएकी थिइन् । यो फेस्टिभलमा अभिनेता डिकाप्रियो आफ्नो फिल्म ‘किलर्स अफ द फ्लवार मून’को स्क्रिनिङमा पुगेका थिए । निलम अघि लियोनार्दोको नाम कैयौ अभिनेत्रीसँग जोडिएको छ । उनले केमिला मोरोनसँग डेट गरिसकेका छन् । दुवैले ४ वर्षसम्म डेट गरेपछि गत वर्ष ब्रेकअप गरेका थिए । यसपछि उनको नाम सुपरमोडल गिगी हदीदसँग पनि जोडिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण