बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
दुर्घटना

पाल्पामा  जिप दुर्घटना : ३ जनाको मृत्यु, १५ घाइते

आइतबार, २१ जेठ २०८०, २० : २५
आइतबार, २१ जेठ २०८०

बुटवल  । पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जिप पाल्पामा आइतबार साँझ दुर्घटना भएको हो । 

पाल्पाको  रैनादेवी छहरा गाउँपालिका वार्ड  ६  चिल्ले भेडा भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी  वीरेन्द्र थापाका अनुसार दुर्घटनामा १५ जना घाइते भएका छन् । स्थानीय र प्रहरीले घाइतेको उद्धार गरिरहेको उनले रातोपाटीलाई बताए । 

प्रहरीका अनुसार मृतकको शव पोष्टमर्टमका लागि बुटवल पठाएको छ । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप