दुर्घटना
पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्यु, १५ घाइते
आइतबार, २१ जेठ २०८०, २० : २५
बुटवल । पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जिप पाल्पामा आइतबार साँझ दुर्घटना भएको हो ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका वार्ड ६ चिल्ले भेडा भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी वीरेन्द्र थापाका अनुसार दुर्घटनामा १५ जना घाइते भएका छन् । स्थानीय र प्रहरीले घाइतेको उद्धार गरिरहेको उनले रातोपाटीलाई बताए ।
प्रहरीका अनुसार मृतकको शव पोष्टमर्टमका लागि बुटवल पठाएको छ । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली
-
‘भागदौड’को टिजरमा वैदेशिक रोजगारी र सहकारी ठगीको कथा
-
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
-
पत्रकार महासङ्घ युकेमा थपिए सल्लाहकार, १५ औँ स्थापना दिवस भव्य रूपमा मनाइने
-
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
-
पोखरा महानगरको बजेट आज, गत वर्षभन्दा आकार घट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण