धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्नुहुँदैन : मन्त्री आचार्य
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गर्न नहुने बताए । सोमबार ललितपुरमा आयोजित लोकतन्त्रमा मानव अधिकार र धर्म तथा आस्थाको स्वतन्त्रता कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै आचार्यले सबैले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताको लागि राज्य सधैँ गम्भीर रहेको बताए ।
उनले नेपालमा धार्मिक स्वतन्त्रता भए पनि कसैलाई धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्न नमिल्ने बताए । उनले भने, ‘राज्यको कुनै धर्म हुँदैन । सबैले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताको लागि राज्य सधैँ गम्भीर छ । नेपालमा धार्मिक स्वतन्त्रता छ तर कसैलाई धर्म परिवर्तनको निमित्त जबरजस्ती भन्दा पनि स्वेच्छाले जे पनि धर्म मान्न पाइने संवैधानिक व्यवस्था छ, त्यस अनुसार विचार गर्नुपर्छ ।’ मन्त्री आचार्यले राज्यको कुनै धर्म नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण