करका दर हेरफेरबारे सरकारको जवाफ माग्ने विपक्षीको तयारी
काठमाडौँ । विपक्षी दलहरूले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता र करका दर हेरफेर भएकोबारे सरकारको धारणा आउनुपर्ने बताएपछि प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको अनौपचारिक बैठकमा एमाले, राप्रपा र रास्वपाले करका दर हेरफेर भएकोबारे सरकारले जवाफ दिनुपर्ने अडान राखेपछि बैठक सुरु हुन ढिलाइ भएको हो ।
‘बजेट निर्माणका क्रममा करका दर हेरफेर भएको र अनधिकृत व्यक्तिको संलग्नता भएको कुरा सञ्चारमाध्यममा आएका छन्’, एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘त्यसबारे छानबिन समिति बनाउनुपर्ने वा सरकारले जवाफ दिनुपर्ने भन्ने आवाज उठेको छ त्यसैकारण बैठक बस्न ढिलाइ भएको हो ।’
उनले सभामुखसँगको छलफलमा साझा सहमति जुटाउने प्रयास भइरहेको पनि बताए । उनले भने, ‘सहमतिको प्रयास भइरहेको छ । सहमति भएन भने सम्भवतः आज पनि बैठक अवरुद्ध हुनसक्छ ।’
यही विवादका कारण ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सवा १२ बज्दा पनि सुरु भएको छैन । आजको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले बजेटका विषयमा बोल्ने कार्यसूची समेत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण