चिरायु अस्पतालले पनि गीत सङ्गीतको रोयल्टी दिने
काठमाडौँ । प्रस्तोता समाज नेपाल, सङ्गीत रोयल्टी सङ्कलन समाज नेपाल तथा सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपाल र चिरायु अस्पतालबीच रोयल्टी सङ्कलन सम्बन्धमा सम्झौता भएको छ ।
सोमबार प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी सङ्कलन समाज नेपालका कार्यवाहक अध्यक्ष चन्द्र शर्मा र सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा अस्पतालका निर्देशक सञ्जीवराज भण्डारीबीच अस्पतालमा गीतसङ्गीतको सार्वजनिक प्रयोग भयबापत रोयल्टी सङ्कलनको सम्झौता भएको हो ।
सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष मगरले अस्पतालले तीनवटै सिएमओका सदस्यहरूलाई उपचारमा हुने छुटेको समेत महत्त्वपूर्ण सम्झौता गरिएको बताए ।
‘प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ बमोजिम गठित हाम्रो संस्थाले प्रतिलिपि अधिकार ऐन २०५९ को नियमावली ६१ को नियम १० मा उल्लेख भए बमोजिम गीत सङ्गीत को सार्वजनिक प्रयोग भयबापत सिर्जित सङ्गीत रोयल्टी सङ्कलनको काम गरिरहेका छौँ’, उनले भने ‘अस्पतालमा सेवाग्राहीको सुविधाका लागि राखिएका टेलिभिजनमा विभिन्न श्रव्य दृश्य गीत सङ्गीतको प्रसारण हुने भएकाले ती प्रसारित सामाग्रीबापतको रोयल्टीका विषयमा सम्झौता भएको हो ।’
उनले आगामी दिनहरूमा समाजले पहिचान गरेको गीत सङ्गीतको सार्वजनिक प्रयोग हुने सम्पूर्ण क्षेत्रहरूमा सम्झौता गर्दै जाने उल्लेख गरे ।
अस्पतालका निर्देशक भण्डारीले नेपाली गीत सङ्गीतको श्रीवृद्धिका लागि गरिने रोयल्टी सङ्कलनमा अस्पतालले पनि सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।
सम्झौता कार्यक्रममा अस्पतालका बिजनेस डेभलप्मेन्ट म्यानेजर हिमाल राना, आइटी अफिसर वसन्त खनाल, एडमिन अफिसर लक्ष्मी अधिकारी, बिजनेस डेभलप्मेन्ट अफिसर नवराज भुजेल, मार्केटिङ अफिसर किरण फुयाँल र फ्रन्ट अफिसर इन्चार्ज सृष्टि डङ्गोलको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण