बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

राइजिङ स्टार टेनिस प्रतियोगिता हुने

मङ्गलबार, २३ जेठ २०८०, १४ : ४३
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौं । राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंले यसै महिना ‘राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता’ आयोजना गर्ने भएको छ । प्रतियोगिता जेठ २७ देखि असार २ गतेसम्म ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता सिनियर र जुनियर विधा समावेश गरिएको छ । प्रतियोगितालाई नेपाल टेनिस संघले प्राविधि सहयोग गर्ने भएको छ । प्रतियोगितामा पुरुष र महिलाको यु—८, यु—९, यु—१०, यु—१२, यु—१४ र यु—१६ उमेरसमूहमा सिंगल र डबल्स स्पर्धा समावेश गरिने छ ।

यसैगरी पुरुष तथा महिलाको सिंगल र डबल्सतर्फ ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको स्पर्धा पनि समावेश गरिने आयोजकले जनाएको छ । पुरुष सिंगल र महिला सिंगलको विजेताले एक÷एक लाख रुपैयाँ, उपविजेताले ५०÷५० हजार रुपैयाँ र तेस्रो हुने खेलाडीले २५÷२५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

पुरुष र महिला डबल्सका विजेताले ६०÷६० हजार, दोस्रो हुनेले ३०÷३० हजार र तेस्रो हुने खेलाडीले २०÷२० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सिनियरमा ३५ वर्षमाथिको विधाको विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने खेलाडीले २० हजार रुपैयाँ पुरस्कार पाउने छन् । सोही स्पर्धाको डबल्स विधाको विजेताले ३० हजार, दोस्रोले १६ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी ४५ वर्षमाथि विधाको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सोही उमेर समूहको डबल्स विधाका विजेताले २५ हजार, दोस्रोले १४ हजार र तेस्रोले १२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी ५५ वर्षमाथिको एकल विधाको विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार तथा सोही उमेर समूहको डबल्स विधाको विजेताले २० हजार, दोस्रोले १३ हजार र तेस्रो हुनेले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

जुनियरतर्फको विजेताले ६ देखि २० हजार रुपैयाँसम्म नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरस्कारका लागि मात्र १४ लाख ८५ हजार रुपैयाँ खर्च हुने जानकारी आयोजक राइजिङ स्टार एकेडेमीका अध्यक्ष रविन प्रधानले दिए । जुनियर लेभलबाट सिनियर लेभलसम्मका टेनिस खेलाडी उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एकेडेमीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप