नेत्रहीन क्रिकेट संघद्वारा महिला खेलाडी नगदसहित सम्मानित
काठमाडौँ । नेत्रहीन क्रिकेट संघ नेपालले दृष्टिविहीन राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ । दृष्टिविहीन राष्ट्रिय महिला क्रिकेट टोलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकाले खेलाडीहरुको हौसला बढाउन नगद पुरस्कारसहित सम्मान गरिएको संघले जनाएको छ ।
नेत्रहीन क्रिकेट संघ नेपालको स्थापना २०६३ सालमा भएको हो । संघले दृष्टिविहीन व्यक्तिहरुको क्रिकेट खेललगायत अपाङ्गता खेलकुदको विकास, विस्तार र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
विश्वमा दृष्टिविहीन महिला क्रिकेट टोलीको सुरुआत नेपालबाटै भएको हो । संघको स्थापना भएयता नेत्रहीन क्रिकेटको पुरुषतर्फको विश्वकप, एसिया कपलगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले महत्त्वपूर्ण सफलता हात पार्दै आएको छ ।
महिलातर्फ पनि नेपाली टोली हालसम्म शीर्ष स्थानमा रहन सफल भएको छ । गत वैशाख १२ देखी १७ गतेसम्म पोखरा र काठमाडौँमा नेपाल र भारतबीच टीट्वान्टी नेत्रहीन महिला क्रिकेट शृंखला भएको थियो ।
पाँच खेलको उक्त शृंखलामा पनि नेपाली महिला टोलीले भारतलाई ३—१ ले हराएको थियो । महिला खेलाडीलाई थप हौसला प्रदान गर्न जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको संघले जनाएको छ ।
सम्मानित हुने महिला खेलाडीमा भगवती भट्टराई (बी २ कप्तान), गीता पौडेल (बी २ उपकप्तान), प्रतिभा राई (बी १), रिता थापा (बी १), मुना अर्याल (बी १), माया लुङ्गेली (बी १), सुस्मा तामाङ (बी १), मनकेशरी चौधरी (बी २), कान्ती योगी (बी २), सरिता घिमिरे (बी २), वनिता मगर सोमाई (बी २), दिल्लीशरा धमला (बी ३), विनिता पुन (बी ३), निशा चौधरी (बी ३) र विमला राई (बी ३) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
-
ओपनएआईमा जाँदैछन् गुगल जेमिनीका मास्टरमाइन्ड नोआम शाजिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण