नेपालले ४.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकको प्रक्षेपण
काठमाडौँ । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । दक्षिण एसियाली मुलुकको आर्थिक स्थिति सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको हो ।
यसअघि, नेपाल सरकारले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । तर, नेपाल सरकारको प्रक्षेपणको तुलनामा विश्व बैंकले आर्थिक वर्ष २०२२-२३ मा झण्डै दोब्बर बढीले आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो ।
यस्तै, आगामी आर्थिक वर्ष २०२३-२४ मा ४.९ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । यसका साथै, आर्थिक वर्ष २०२४-२५ मा नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत रहने समेत विश्व बैंकको प्रक्षेपण छ ।
विश्व बैंकका अनुसार चीनको कमजोर आर्थिक वृद्धिदर र रुस–युक्रेन युद्धको असर दक्षिण एसियाली मुलुकमा परेको छ । यस्तै, कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र बचाउनभन्दै नियामकले लिएको कडाइ नीतिले समेत आर्थिक वृद्धिदर प्रभावित बन्ने र अर्थतन्त्र समेत प्रभावित बनेको विश्व बैंकले बताएको छ ।
यसका साथै, बङ्गलादेशको ऊर्जा संकट र पाकिस्तानमा आएको भीषण बाढीले समेत दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्रमा समस्या आइपरेको विश्व बैंकले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण