बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिस एन्ड मिसेज डिश्याबिलिटी क्विन २०२३’ बने रमिला र नन्दा

बुधबार, २४ जेठ २०८०, १२ : ४७
बुधबार, २४ जेठ २०८०

काठमाडौँ । ‘मिस एन्ड मिसेज डिश्याबिलिटी क्विन २०२३’ को उपाधि रमिला साउद र नन्दा सुनारले जितेका छन् । रमिलाले मिस तर्फको उपाधि चुम्दा नन्दा मिसेज तर्फ विजेता बनिन् ।

राजधानीमा एक समारोहका बीच आयोजित प्रतियोगितामा झरना घिमिरे फस्ट रनरअप र निर्मला खाण सेकेन्ड रनरअप घोषित भए । ग्रिन आर्ट्स मिडिया प्रालिको आयोजना रहेको प्रतियोगितामा २३ प्रतियोगी रहेका थिए ।

अपाङ्गता भएका व्यक्तिहरूको क्षमता साथै उनीहरूमा लुकेर बसेको प्रतिभालाई उजार गर्दै समाजमा सक्षम व्यक्तिको रूपमा अगाडि ल्याउनु प्रतियोगिताको उद्देश्य रहेको छ ।

प्रतियोगितामा सहभागीलाई विभिन्न प्रशिक्षणसहित विजेता छानिएको हो । प्रतियोगिताको निर्णायकमा आलोक श्री, प्रतिष्ठा थापा, श्रद्धा जोशी कर्माचार्य, सृजल रुपाखेती, सीता सुवेदीलगायत रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी अनिला श्रेष्ठले गरेकी थिइन् । अनिला ग्रिन आर्ट्स मिडियाका निर्देशक पनि हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप