‘मिस एन्ड मिसेज डिश्याबिलिटी क्विन २०२३’ बने रमिला र नन्दा
काठमाडौँ । ‘मिस एन्ड मिसेज डिश्याबिलिटी क्विन २०२३’ को उपाधि रमिला साउद र नन्दा सुनारले जितेका छन् । रमिलाले मिस तर्फको उपाधि चुम्दा नन्दा मिसेज तर्फ विजेता बनिन् ।
राजधानीमा एक समारोहका बीच आयोजित प्रतियोगितामा झरना घिमिरे फस्ट रनरअप र निर्मला खाण सेकेन्ड रनरअप घोषित भए । ग्रिन आर्ट्स मिडिया प्रालिको आयोजना रहेको प्रतियोगितामा २३ प्रतियोगी रहेका थिए ।
अपाङ्गता भएका व्यक्तिहरूको क्षमता साथै उनीहरूमा लुकेर बसेको प्रतिभालाई उजार गर्दै समाजमा सक्षम व्यक्तिको रूपमा अगाडि ल्याउनु प्रतियोगिताको उद्देश्य रहेको छ ।
प्रतियोगितामा सहभागीलाई विभिन्न प्रशिक्षणसहित विजेता छानिएको हो । प्रतियोगिताको निर्णायकमा आलोक श्री, प्रतिष्ठा थापा, श्रद्धा जोशी कर्माचार्य, सृजल रुपाखेती, सीता सुवेदीलगायत रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी अनिला श्रेष्ठले गरेकी थिइन् । अनिला ग्रिन आर्ट्स मिडियाका निर्देशक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण