तेस्रो दक्षिण एशियाली योग खेलकुद बिहीबारबाट हुने

काठमाडौँ । तेस्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता बिहीबारबाट आयोजना हुने भएको छ । राजधानीमा बुधवार आयोजक नेपाल योग खेलकुद संघले पत्रकार सम्मेलनको आयोजना गरेर बिहीबारबाट दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा दक्षिण एशियाका देशहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा पाकिस्तान आन्तरिक कारण उपस्थित नहुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । यस्तै दोस्रो दिन माउन्ट एभेरेष्ट योग फेस्टिभल्स च्याम्पियनसिप हुनेछ । यस च्याम्पियसिपमा पाँचै महादेशका योग खेलाडीहरुले सहभागिता जनाउने नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा.सूर्यबहादुर कार्कीले जानकारी दिए ।
प्रतियोगिताको पहिलो दिन २५ गते उद्घाटन सत्र हुनेछ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गर्ने कार्यक्रम रहेको छ । उद्घाटनकै दिन दक्षिण एशियाली प्रतियोगिता सञ्चालन हुनेछ भने २६ गते दुवै प्रतियोगिता आयोजना हुने ।
यस्तै प्रतियोगिताको समापन २७ गते हुनेछ । दक्षिण एशियाली खेलकुदमा २ सय भन्दा बढी खेलाडीले सहभागिता जनाउनेछन् भने माउन्ट एभरेष्ट च्याम्पियनसिपमा २ सय ३ सय खेलाडीले सहभागिता जनाउने आयोजकले जानकारी दियो । प्रतियोगिता तिलगंगास्थित नेपाल भारतमैत्री धर्मशालामा दिउसो २ बजेबाट हुनेछ । प्रतियोगिताका लागि कुल ३० लाख अनुमानित खर्च रहेको छ । विभिन्न विधामा प्रतिष्पर्धा हुने प्रतियोगिताको विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद पुरस्कृत गरिने आयोजकले जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा धार्मिक सदभाव र्याली निकालिँदै
-
सर्लाहीमा आशिंकरुपमा कर्फ्यु हट्यो
-
अपर लोहोरे खोला र मनकामना इन्जिनियरिङको सेयर दोस्रो बजारमा कारोबार शुरु, कतिमा हुँदैछ किनबेच?
-
केन्द्रीय समितिको नामावली सार्वजनिक गर्न लोसपाको बैठक बस्दै
-
दिवाकरको ‘हनी बनी’ माघ २६ मा रिलिज हुने
-
एसियाली खेलकुद : टेनिसको महिला डबल्स र पुरुष एकल स्पर्धामा नेपाली खेलाडी पराजित