बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु

बुधबार, २४ जेठ २०८०, २१ : २५
बुधबार, २४ जेठ २०८०

धनगढी । कैलालीमा मोटरसाइकलको पछाडिबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको भजनी जगरपालिका –८ का ओमप्रकाश डगौराले चलाएको बा.५६ प.४६२१ नंम्बरको मोटरसाइकल पछाडि सवार सोहि ठाउँकी ५० वर्षीया जानकीदेवी डगौराको मृत्यु भएको हो ।

भजनी नगरपालिका–३ ठेकीपुलदेखि भजनी गोरचौरा जादै गर्दा ठेकीमा खसेकी थिइन्। डगौरा आफै पछाडिबाट खसेपछि टाउकोमा गम्भिर चोट लागेको थियो । उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप