शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमिएरमा रुचाइयो ‘नीरफूल’

बिहीबार, २५ जेठ २०८०, १० : ४८
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘नीरफूल’ को प्रिमिएर गरिएको छ । बुधबार कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रिमिएरमा फिल्म युनिट तथा रंगपत्रकारको उपस्थिती रहेको थियो । 

कार्यक्रममा तामाङ कलाकारले आफ्नो भेसभुसा सहित डम्फु बजाएर दयाहाङ राई, बुद्धी तामाङ लगायतका  कलाकारलाई हलमा प्रवेश गराएका थिए । प्रिमिएरमा सहभागी अधिकांश व्यक्तिले फिल्म मन परेको प्रतिक्रिया दिए ।

२०७२ को महाभूकम्पपछि देखिएको साइट इफेक्ट र पारिवारिक कथा मिसाइएको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा लगायतको समेत अभिनय छ ।

फिल्मको निर्देशन फूलमान बलले गरेका हुन् । लेखन समेत वलकै रहेको फिल्म धादिङको रुवीभ्याली, रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौंमा खिचिएको छ । 

फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । सचिन घिमिरे एशोसियट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।

नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले फिल्म निर्माण गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप