प्रिमिएरमा रुचाइयो ‘नीरफूल’
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘नीरफूल’ को प्रिमिएर गरिएको छ । बुधबार कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रिमिएरमा फिल्म युनिट तथा रंगपत्रकारको उपस्थिती रहेको थियो ।
कार्यक्रममा तामाङ कलाकारले आफ्नो भेसभुसा सहित डम्फु बजाएर दयाहाङ राई, बुद्धी तामाङ लगायतका कलाकारलाई हलमा प्रवेश गराएका थिए । प्रिमिएरमा सहभागी अधिकांश व्यक्तिले फिल्म मन परेको प्रतिक्रिया दिए ।
२०७२ को महाभूकम्पपछि देखिएको साइट इफेक्ट र पारिवारिक कथा मिसाइएको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा लगायतको समेत अभिनय छ ।
फिल्मको निर्देशन फूलमान बलले गरेका हुन् । लेखन समेत वलकै रहेको फिल्म धादिङको रुवीभ्याली, रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौंमा खिचिएको छ ।
फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । सचिन घिमिरे एशोसियट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।
नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले फिल्म निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण