हेटौंडा अस्पतालमा स्वस्थ्य मन्त्री बस्नेतको छड्के अनुगमन
मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले हेटौंडा अस्पतालको छड्के अनुगमन गरेका छन् । बिहीबार हेटौंडा आएका मन्त्री बस्नेतले आकस्मिक रूपमा अस्पतालको अनुगमन गरेका हुन् ।
मन्त्री बस्नेतसहित प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशी, स्वास्थ्य मन्त्रालयका सचिव बद्री खड्का लगायतले अस्पतालको अनुगमन गरेका थिए ।
मन्त्री बस्नेतले अस्पतालको आकस्मिक कक्ष, टिकट काउण्टर, बहिरंग (ओपीडी)सेवा कक्ष, फार्मेसी, प्रयोगशाला, प्रसूति कक्ष लगायतको स्थलगत अनुगमन गरेका थिए ।
मन्त्री बस्नेतले अनुगमनका क्रममा सेवाग्राहीहरूको गुनासो समेत सुनेका थिए । उनले अस्पतालको आकस्मिक कक्षमा रहेका बिरामीहरूको गुनासो सुन्दै उपचार तथा सेवा प्रवाहमा कुनैपनि कमीकमजोरी नहुने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै मन्त्री बस्नेतले अस्पतालको ओपिडी, टिकट काउण्टर, फार्मेसी तथा प्रयोगशालामा रहेको भिड नियन्त्रणका लागि आवश्यक व्यवस्थापकीय कामहरू सम्पन्न गर्न हेटौंडा अस्पतालका मेडिकल सुपेरिटेण्डेनट डा. रामचन्द्र सापकोटालाई निर्देशन समेत दिएका थिए ।
अस्पतालको ओपिडी, आकस्मिक कक्ष तथा प्रसूति कक्षको सरसफाइमा विशेष ध्यान दिन सापकोटालाई निर्देशन दिए । उनले स्वास्थ्य बीमामा देखा परेका समस्या र औषधी नपाउने गुनासोलाई तत्काल समाधान गरेर अघि बढ्न पनि निर्देशन दिए ।
_xBI713Kq45.jpg)
_LSghxoA6UF.jpg)
_BuzqGDI3R2.jpg)
_3ieSVyIfyu.jpg)
_ACkm5XHVmc.jpg)
_PW6nr11k2D.jpg)
_tqab2LuYvL.jpg)
_L0lk6wFHgZ.jpg)
_JkVvVEvogc.jpg)
_JoxcbblkDN.jpg)
_PjfJ9NOKMo.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण