आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

हसुलिया–बडैपुर सडकको उप्किएको कालोपत्रे टाल्दै निर्माण कम्पनी

शुक्रबार, २६ जेठ २०८०, १९ : ५०
शुक्रबार, २६ जेठ २०८०

धनगढी । कैलालीको हसुलिया–बडैपुर सडकको उप्किएको कालोपत्रे मर्मत सम्भारको काम सुरु भएको छ ।

रातोपाटीमा हसुलिया–बडैपुर सडकमा लापरबाही : हप्ता दिनमै कालोपत्रे उप्कियो भन्ने समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशनपछि बढेको जनदबाबपछि निर्माण कम्पनीले सो सडकको मर्मत सम्भारको कार्य थालेको हो ।

स्थानीय युवा नेता भीष्म चौधरीले निर्माणमा भएको लापरवाहीसम्बन्धी समाचार प्रकाशन भएपछि बढेको जनदबाबपछि निर्माण कम्पनीले मर्मत सम्भार गरेको जानकारी दिए । सो सडक कालोपत्रे गरेको हप्ता दिनमै उप्किएको थियो ।

१९ किलोमिटर रहेको हसुलिया–बडैपुर सडकको करिब पाँच किलोमिटर खण्डको कालोपत्रे भइरहेको हो ।

पूर्व मश्चिम महेन्द्र राजमार्गअन्तरगत गौरीगंगा नगरपालिका र हुलाकी सडकअन्तरगत कैलारी गाउँपालिकालाई जोड्ने सडकको स्तरोन्नतिसहित कालोपत्रेको काम वर्षौदेखि अलपत्र परेको थियो । स्थानीयको दबाबकाबीच कालोपत्रेको काम भइरहेको हो । तर, भएको कालोपत्रे पनि गुणस्तरहीन बनेपछि स्थानीय आक्रोशित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप