हसुलिया–बडैपुर सडकको उप्किएको कालोपत्रे टाल्दै निर्माण कम्पनी
धनगढी । कैलालीको हसुलिया–बडैपुर सडकको उप्किएको कालोपत्रे मर्मत सम्भारको काम सुरु भएको छ ।
रातोपाटीमा हसुलिया–बडैपुर सडकमा लापरबाही : हप्ता दिनमै कालोपत्रे उप्कियो भन्ने समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशनपछि बढेको जनदबाबपछि निर्माण कम्पनीले सो सडकको मर्मत सम्भारको कार्य थालेको हो ।
स्थानीय युवा नेता भीष्म चौधरीले निर्माणमा भएको लापरवाहीसम्बन्धी समाचार प्रकाशन भएपछि बढेको जनदबाबपछि निर्माण कम्पनीले मर्मत सम्भार गरेको जानकारी दिए । सो सडक कालोपत्रे गरेको हप्ता दिनमै उप्किएको थियो ।
१९ किलोमिटर रहेको हसुलिया–बडैपुर सडकको करिब पाँच किलोमिटर खण्डको कालोपत्रे भइरहेको हो ।
पूर्व मश्चिम महेन्द्र राजमार्गअन्तरगत गौरीगंगा नगरपालिका र हुलाकी सडकअन्तरगत कैलारी गाउँपालिकालाई जोड्ने सडकको स्तरोन्नतिसहित कालोपत्रेको काम वर्षौदेखि अलपत्र परेको थियो । स्थानीयको दबाबकाबीच कालोपत्रेको काम भइरहेको हो । तर, भएको कालोपत्रे पनि गुणस्तरहीन बनेपछि स्थानीय आक्रोशित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण