आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सेलिब्रेटीका लागि सधै नयाँ पहिरन चाहिन्छ : मेलिना राई

सोमबार, २९ जेठ २०८०, ०७ : २१
सोमबार, २९ जेठ २०८०

काठमाडौंँ । चर्चित गायिका मेलिना राईले सेलिब्रेटी तथा कलाकारका लागि सधै नयाँ पहिरन आवश्यक पर्ने बताएकी छन् । सेलिब्रेटी र कलाकर मात्र होइन पछिल्लो समय सर्वसाधारण पनि फेसन कन्सस हुन थालेको उनको भनाई रहेको थियो ।

सितापाइलास्थित अनुपममलमा ‘द पोश आउटफिटर्स’ क्लोथिङ ब्राण्ड ‘द पोश’ र ‘मोमो माण्डुको उद्घाटनपछि बोल्दै गायिका राईले नेपाली फेसन बजारमा नयाँ सोच र अवधारणासहित द पोश थपिएकामा खुसी ब्यक्त गरिन् । उनले भनिन्, ‘द पोशले फेसन पारखीका इच्छा र रहर पूरा गर्ने छ भन्ने मलाई विश्वास छ ।’ 

रिङरोडस्थित सितापाइलादेखि रामकोट जाने मोडमा रहेको अनुपममल तयारी भएसँगै द पोश सञ्चालनमा आएको हो । ‘द पोश आउटफिटर्स’ उद्घाटनमा गायिका राईसँगै नार्गजुन नगरपालिकाको मेयर मोहनबहादुर बस्नेत सहभागी थिए ।

कार्यक्रममा मेयर बस्नेतले आफ्नो नगरमा नयाँ मल थपिएकामा खुसी व्यक्त गर्दै कर छुटको समेत व्यवस्था गर्ने घोषणा गरे । उनले भने, ‘यो मेरो नगरभित्र पर्छ । यहाँको व्यवसायीलाई प्रोत्साहित गर्नु मेरो कर्तव्य हो ।’ सोही क्रममा उनले व्यवसायीलाई ५० प्रतिशतसम्म कर छ्ुट दिने प्रतिवद्धता जनाए ।

‘द पोश आउटफिटर्स’ र ‘मोमो माण्डु’को सञ्चालक हुन्, फेसन डिजाइनर नेना राई । नेनाले यसअघि काठमाडौंको भाटभाटेनी नजिक ‘द पोश आउटफिटर्स’ सञ्चालन गरेकी थिइन् । अहिले आएर उनले सीतापाइलामा नयाँ साजसज्जा सहित ‘द पोश आउटफिटर्स’ सञ्चालनमा ल्याएको हो ।

फेसन डिजाइनर एवं सञ्चालक नेनाले भनिन्, ‘फेसन डिजाइनिङको कोर्ष सक्नेवित्तिकै द पोश आउटफिटर्स’ सञ्चालनमा ल्याएकी थिएँ । त्यही पोशलाई अहिले अनुपममलमा सुरु गरेकी हुँ ।’ 

फेसन डिजाइनर नेनाले आईआईएफटी स्कुलअफ फेसन एण्ड इन्टेरियर, बागबजारबाट फेसन डिजाइनिङमा डिप्लोमा गरेकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप