आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एकैदिन तीन हजार ११६ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा

मङ्गलबार, ३० जेठ २०८०, ०७ : ३२
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौं । सोमबार मादक पदार्थ सेवन गरी सवारी साधान चलाउने १ सय १४ जना कारबाहीमा परेका छन् ।  

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोही दिन लेन अनुशासन उलङ्घन गर्ने १ सय १२ जना, रेड लाइटमा पर्ने १३७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना पनि कारबाहीमा परेका छन् ।  

साथै, खुलेको नम्बर प्लेट नराख्ने ३० जना, लिडार गनमा पर्ने ४ सय १ जना र अन्य २ हजार ३ सय ४ जना गरी ३ हजार ११६ जनालाई कारबाही गरिएको ट्राफिक कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप