एकैदिन तीन हजार ११६ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा
मङ्गलबार, ३० जेठ २०८०, ०७ : ३२
काठमाडौं । सोमबार मादक पदार्थ सेवन गरी सवारी साधान चलाउने १ सय १४ जना कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोही दिन लेन अनुशासन उलङ्घन गर्ने १ सय १२ जना, रेड लाइटमा पर्ने १३७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना पनि कारबाहीमा परेका छन् ।
साथै, खुलेको नम्बर प्लेट नराख्ने ३० जना, लिडार गनमा पर्ने ४ सय १ जना र अन्य २ हजार ३ सय ४ जना गरी ३ हजार ११६ जनालाई कारबाही गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण