मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई सेफ्स बर्गरमा विशेष छुट
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन नेपालका विभिन्न स्थानहरूमा शाखाहरू रहेको सेफ्स बर्गर प्रा.लिसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।
यस व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले सेफ्स बर्गर प्रा.लिका विभिन्न शाखाहरूमा फुड एण्ड बेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम बार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी प्रिपेड डलर कार्ड ,मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खात मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण