निजी क्षेत्रको पहलमा अब वीरेन्द्रनगरमा नगरबस
बिहीबार, ३२ जेठ २०८०, २१ : ०९
सुर्खेत । कर्णाली प्रदेशको राजधानी भएर पनि अहिलेसम्म नगर बस सञ्चालनमा नआएको सुर्खेतको वीरेन्द्रनगरमा निजी क्षेत्रको पहलमा नगरबस सञ्चालन हुने भएको छ ।
नगरपालिकासँग समन्वय गरी शुक्रबारदेखि वीरेन्द्रनगरमा नगरबस सञ्चालन हुन लागेको हो । नगरबस नहुँदा अटो रिक्साले मनलाग्दी भाडा असुल्ने गरेको भन्दै चर्को विरोध हुँदै आएको थियो ।
काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाका अनुसार पहिलो चरणमा १० वटा फोर्स गाडीबाट सेवा प्रदान गरिने छ । नगरबसका लागि वीरेन्द्रनगरको धुलियाविट–मंगलगढी–मुलपानी–प्रदेश अस्पताल–कुमाइचोक भएर हिलेखालीचोकबाट बांगेसिमल र पुनः सोही रूट भएर गाडी फर्कने गरी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण