घरमा लागेको आगोमा परी एक बालिकाको मृत्यु
सुर्खेत । सुर्खेतको पश्चिम चौकुने गाउँपालिका–९, घाटगाउँमा मंगलबार साँझ घरमा लागेको आगोमा परी एक बालिकाको मृत्यु भएको छ ।
जगत नेपालीको घरमा आगलागी हुँदा छिमेकी बलहादुर ढोलीको ४ वर्षीया छोरी अनुषा ढोलीको घटनास्थलमै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
आगलागीमा परेर अर्का छिमेकी प्रदीप नेपालीको छोरा वर्ष ६, का निराजन नेपाली घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार घरको आँगनमा खेलिरहेका बालबालिका आगोमा परेका हुन् ।
आगलागीमा झण्डै साढे ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
पानीमा डुवेर मृत्यु
सुर्खेतको पूर्वी सिम्ता गाउँपालिका ६ भेरी नदीमा नुहानेक्रममा डुवेर मृत्यु भएको छ । सुर्खेतकै पश्चि पञ्चपुरी नगरपालिका ४ घर भई कामको शिलशिलामा रहेका खगेन्द्र वयकको डुबेर मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण