माओवादी केन्द्रीय समिति बैठक असार तेस्रो साता
शुक्रबार, ०१ असार २०८०, ११ : २९
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ । सो पार्टीको केन्द्रीय समिति बैठकमा पेश हुने एेजण्डाका विषयमा छलफल भइरहेकाले असार तेस्रो साता बैठक बस्ने योजना बनाइएको हो ।
गत चैत १ गते बसेको केन्द्रीय समिति बैठक तीन महिनापछि असार तेस्रो साता बस्न लागेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए । ‘केन्द्रीय समिति बैठक बस्ने भएपछि एजेण्डाका विषयमा छलफल भइरहेको छ’ उनले भने, ‘सबै एजेण्डा तय भएपछि बैठकको मिति सार्वजनिक गर्ने छौं ।’
केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा संगठन विभागले गृहकार्य जारी राखेको छ । यदि समाजवादी मोर्चा तत्काल घोषणा हुने अवस्थामा बैठकको मिति अगाडि सर्न सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण