बोरिस र शिभालीलाई स्वर्ण
काठमाडौँ । बोरिस अधिकारी र शिभाली गुरुङले प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यू–१४ एकल स्पर्धामा शुक्रबार स्वर्ण पदक जितेका छन् । बोरिस ब्वइज र शिभाली गल्र्सतर्फ पहिलो भएका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजतर्फको फाइनलमा बोरिसले वृजेश अर्याललाई ६–२ र ७–६ अंकको सोझो सेटमा पराजित गरे । गल्र्सतर्फको उपाधि भिडन्तमा शिभालीले स्वस्तिका विष्टलाई ६–० र ६–१ अंकले हराइन् ।
राइजिङ स्टार टेनिस एकेडेमीको आयोजनामा भइरहेको सर्वाधिक पुरस्कार राशिको उक्त टेनिस प्रतियोगिताको यू–१६ एकलतर्फको ब्वाइजमा शंकर हैस्नान र गल्र्समा सुनिरा थापा पहिलो भए । फाइनलमा शंकरले राजवीर प्रधानलाई ४–६, ६–४ र ६–१ अंकले पाखा लगाए । सुनिराले भने शिभालीलाई ६–२, ५–७ र ६–१ अंकले पराजित गरिन् ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पुरुष डबल्समा अकी जुवेन रावत र आरभसम्राट हाडाको जोडी पहिलो भयो । उक्त जोडीले फाइनलमा प्रणव खनाल र अभिनव आचार्यको जोडीलाई ६–३ र ६–४ अंकले हरायो ।
यसैगरी भेट्रान ४५ वर्षमाथि पुरुष एकलतर्फ फाइनलमा मोहम्मद युनुसले रोहित सुनुवारलाई ६–४ र ६–२ अंकले पराजित गरे । ५५ वर्षमाथि पुरुष एकलको फाइनलमा थोङवान तुलेश्वरले राजु श्रेष्ठमाथि ६–० र ६–२ अंकको सहज जित दर्ता गरे ।
यसैगरी भेट्रान ३५ वर्षमाथि पुरुष एकलको सेमिफाइनलमा सन्तोष खत्रीले कमलबहादुर भण्डारीलाई ६–७, ७–५ र १०–५ अंकले हराए । पूर्वराष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले दावा सोनाम शेर्पालाई ६–२ र ६–० अंकले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे । प्रतियोगिताको अन्तिम दिन शनिबार उक्त स्पर्धाको फाइनलसँगै पुरुष÷महिला एकलको पनि फाइनल पनि हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण