युगान्डाको स्कुलमा आईएससम्बद्ध विद्रोहीको आक्रमण, विद्यार्थीसहित ४० जनाको मृत्यु
युगान्डा । पश्चिमी युगान्डाको एक स्कुलमा ईस्लामिक स्टेट (आईएस) सम्बद्ध विद्रोहीहरूले गालाबारी गर्दा कम्तिमा ४० जनाको मृत्यु भएको छ । मारिने अधिकांश विद्यार्थीहरू रहेको बताइएको छ । एम्पोन्डवीमा रहेको लुबिरिहा माध्यमिक विद्यालयमा भएको सो आक्रमणमा ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
मारिनेमा आफ्नो डोर्मिटोरीमा बसिरहेका छात्रहरू रहेका छन् । छात्राहरूलाई भने अपहरण गरिएको अधिकारीहरूले बताएका छन् । कङ्गोमा रहेको द एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) लाई यस घटनामा जिम्मेवार मानिएको छ ।
घटना शुक्रबार राति करिब ११ः३० बजे घटेको थियो । ५ जना विद्रोहीहरूले यो घटना घटाएको युगान्डाको सेनाको भनाई छ । उनीहरूले विद्यालयमा आगजनी गर्नुका साथै खाद्यान्न समेत लुटेर लगेका छन् ।
घटनामा बच्न सफल प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले डोर्मिटोरीमा बम प्रहार गरेपछि विद्यार्थीहरूमाथि अन्धाधुन्ध धारिला हतियार प्रहार गरेका थिए । केही विद्यार्थीहरूलाई जिउँदै जलाइएको थियो ।
मारिने विद्यार्थीहरूको उमेर खुल्न सकेको छैन भने जलाइएकाहरूको शव पहिचान गर्नका लागि डीएनए परीक्षण गर्ने तयारी गरिएको छ ।
सेनाले विद्रोहीविरुद्ध अभियान सुरु गरेको छ । यसका लागि हेलिकप्टरहरू परिचालनसमेत गरिएको छ । एडीएफ सन् १९९० ताका स्थापना गरिएको थियो । राष्ट्रपति योवेरी मुसेभेनीले मुस्लिम समुदायमाथि अत्याचार गरेको भन्दै उनीहरूले सशस्त्र विद्रोह सुरु गरेका थिए । युगान्डाको कूल जनसङ्ख्याको १४ प्रतिशत मुस्लिम रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण